स्थानीय पाठ्यक्रममा आधारित पुस्तक विद्यार्थीका हात–हातमा

  • असार १३, २०८० / नेपाल रेखा
alt

सुनसरी । सुनसरीको सीमावर्ती हरिनगर गाउँपालिकाका विद्यार्थीहरूले स्थानीय पाठ्यक्रममा आधारित पुस्तक पढ्ने अवसर पाएका छन् ।
गाउँपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक विद्यार्थीको हात–हातमा पुस्तक पुगेको हो ।
गाउँपालिकाले ‘मेरो हरिनगर’ नामक पाठ्यपुस्तक कक्षा १ देखि कक्षा ८ सम्मका लागि यस वर्षदेखि लागु गरेको अध्यक्ष गफार अन्सारीले जानकारी दिनुभयो ।
स्थानीय पाठ्यक्रममा आधारित पुस्तक पढ्न पाउँदा विद्यार्थीहरू निकै हर्षित देखिएको अन्सारीले बताउनुभयो । पाठ्यपुस्तकमा स्थानीय कला, संस्कृति, सम्पदा, परम्परा, भाषा, साहित्य, ज्ञान, सीप जस्ता विषय समेटिएको अन्सारीको भनाइ छ ।
आधारभूत तहको ८ सय पूर्णाङ्कमध्ये एक सय पूर्णाङ्कको पाठ्यक्रम स्थानीय तहले नै तयार गर्न पाउने प्रावधान अनुसार गाउँपालिकाले कक्षा १ देखि ८ सम्मको पाठ्यक्रममा आधारित पाठ्यपुस्तक निर्माण गरेको शिक्षा शाखाका अजित कुमार मलिकले जानकारी दिनुभयो ।
गाउँपालिकाका ४० वटा सामुदायिक र संस्थागत विद्यालयमा कक्षा १ देखि ८ सम्मका विद्यार्थीहरूले स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पढ्दै आएका छन् ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]