पूर्वाधार निर्माणलाई महत्व दिएर रंगेली नगरपालिकाले ल्यायो ७३ करोडको बजेट

  • असार ११, २०८० / नेपाल रेखा
alt

विराटनगर । मोरङको रंगेली नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०–०८१ का लागि ७३ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । आठौँ नगरसभामा उपप्रमुख भूमा पराजुलीले ७३ करोड २८ लाख ४३ हजार रुपैयाँको वार्षिक बजेट प्रस्तुत गरेकी हुन् ।
उपप्रमुख पराजुलीले चालु तर्फ ४९ करोड ९६ लाख २६ हजार ३ सय २० रुपैयाँ र पूँजीगततर्फ २३ करोड ३२ लाख १६ हजार ६ सय ८० रुपैयाँ विनियोजन गरिएको बताइन् ।
जस अन्तर्गत नेपाल सरकार समानिकरणमा १४ करोड ६४ लाख, नेपाल सरकार राजश्व बाँडफाँड अन्तर्गत ११ करोड ७३ लाख ४७ हजार, प्रदेश समानिकरणमा ९३ लाख ७२ हजार, प्रदेश राजश्व वाँडफाँडमा ७८ लाख ९८ हजार रुपैयाँ बजेट विनियोजन भएको छ ।
त्यसैगरी आन्तरिक राजश्वमा २ करोड ७५ लाख आम्दानी हुने अनुमान गरिएको छ । त्यस्तै मालपोत तर्फ (स्थानीय राजश्व बाँडफाँड) ४ करोड, नेपाल सरकार शसर्त अनुदानमा ३१ करोड ३ लाख, नेपाल सरकार समपुरक अनुदानमा २ करोड २५ लाख, नेपाल सरकार विषेश अनुदान ७२ लाख र प्रदेश सरकार शसर्त अनुदानमा ४ करोड ४३ लाख २४ हजार रुपैयाँ बजेट विनियोजन भएको नगर प्रमुख एवम् नगरसभा अध्यक्ष दिलिप अग्रवालले जानकारी दिए ।
उनका अनुसार सोही बजेट अन्तर्गत क्षेत्रगत रुपमा आर्थिक विकासमा ३ करोड ६७ लाख, सामाजिक विकासतर्फ २७ करोड ५० लाख २१ हजार ७ सय ४८, पूर्वाधार विकासमा २० करोड ३९ लाख ३५ हजार ९ सय ३२, शुसासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ६३ लाख २८ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ २१ करोड ७ लाख ८३ हजार ३ सय २० रुपैयाँ विनियोजन भएको छ ।
नगर प्रमुख अग्रवालले पूँजिगत तर्फ शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार निर्माण र कृषि क्षेत्रलाई विषेश प्रथामिकतामा राखिएको जानकारी दिए ।
नगरसभामा प्रस्तुत बजेट सर्वसम्मत पारित भएको छ । नगरपालिकाले भौतिक पूर्वाधार निर्माणलाई प्रथामिकतामा राखेको योजना अधिकृत कृष्ण भट्टराईले जानकारी दिए । ‘नयाँ योजना होइनन् । पुरानै बहुवर्षीय तथा क्रमागत योजनालाई प्राथमिकतामा राखि बजेट विनियोजन भएको छ ।’ योजना अधिकृत भट्टराईले भने,‘माथिबाटै बजेट चालु आ.व. २०८९÷०८० मा १४ करोड बजेट कटौती हुँदा आगामी वर्षको बजेटमा असर परेको छ ।’
चालू आर्थिक वर्षका लागि नगरपालिकाले ८५ करोड बजेट विनियोजन गरेको थियो । आइतबार सम्पन्न नगरसभा नगरप्रमुख अग्रवालको अध्यक्षतामा सम्पन्न भएको छ ।

bhuma parajuli

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]