इटहरीमा विश्वस्तरीय चेन होटल रमडा संचालनमा ल्याइदै

  • असार १०, २०८० / नेपाल रेखा
alt

इटहरी । इटहरीमा पूर्वमै पहिलो पटक विश्वप्रसिद्ध चेन होटलको सेवा विस्तार हुने भएको छ ।
विश्वप्रसिद्ध अमेरिकी चेन होटल ब्राण्ड रमडाको मातृ कम्पनि विंडहाम होटलस् एण्ड रिसोर्टले इटहरी ९ मा निर्माणाधिन पाँच तारे होटलको व्यवस्थापन हेर्ने भएको हो । होटल रमडा नाममा सञ्चालनमा आउनेछ ।
निर्माणाधिन उक्त होटलका सञ्चालक इटहरीका व्यवशायी देशबन्धु बस्नेत र रमडा ब्राण्डको संस्थापक कम्पनि विंडहाम होटल्स् एण्ड रिसोर्ट युरेशियाका बजार प्रबन्ध निर्देशक निखिल शर्माबिच शुक्रबार दिल्लीमा सोसम्बन्धि सम्झौता भएको हो । यो सम्झौतालाई इटहरीको व्यवशायिक विकासमा कोशेढुंगा मानिएको छ ।
सम्झौतापछि बोल्दै बस्नेतले नेपाल, त्यसमाथि पनि पूर्वी नेपालको पर्यटन प्रबद्र्धन र होटल व्यवशायको प्रबद्र्धनमा नयाँ खुड्किलो भएको बताएका छन् । उनले रमडा ब्राण्डसँग आफ्नो होटललाई आबद्ध गर्न पाउँदा खुसी लागेको बताएका छन् । उनले विंडहाम होटेल्स कम्पनिसँग आफ्ना आगामी परियोजनामा समेत सहयोगको साझेदारी गर्ने जनाएका छन् ।
कार्यक्रममा बोल्दै विंडहाम होटलस्का प्रतिनिधि शर्मालेसमेत नेपालमा आफ्नो ब्राण्ड विस्तार गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगन्तुकहरुलाई विश्वस्तरीय आतिथ्यता दिने बताएका छन् ।

यस्तो हुनेछ होटल

निर्माणाधिन पाँच तारे उक्त होटलमा कुल ८ तला छन् भने ८० वटा कोठा रहेका छन् । २०२४ को सुरुवातदेखि सञ्चालनमा ल्याउने गरी निर्माण भइरहेको होटलमा रेष्टुरेन्ट, बार, लाउन्ज, हेल्थ क्लब, स्पा र आउटडोर स्वीमिङ्ग पुल आदि सेवा रहनेछन् । होटलमा विवाह, पार्टी, सेमिनारहरुका लागिसमेत कोठाहरु व्यवस्थापन गरिनेछन् ।
भारतीय सीमा जोगबनी तथा विराटनगर एअरपोर्टबाट आधा घण्टाको समयमा पुग्न सकिने होटलले धेरै मात्रामा भारतीय पर्यटकहरुलाई विश्वस्तरीय होटलको सुविधा दिने दावी गरिएको छ । पूर्वी नेपालमा भित्रिने पर्यटक तथा व्यवशायीहरुलाई आरामदायी र सुरक्षित आवासका साथै व्यवशायिक कार्यक्रमसमेत गर्ने वातावरण होटलले प्रदान गर्नेछ ।
होटलले एक सय जनाभन्दा बढीलाई रोजगारी दिनेछ भने विदेशी मुद्रा भित्राएर देशको आर्थिक विकासमा समेत योगदान दिने अपेक्षा गरिएको छ ।

के हो रमडा ?

विंडहाम होटल्स एण्ड रिसोट्र्सलाई विश्वकै सबैभन्दा ठूलो र तीव्र गतिमा आफ्ना फ्रेन्चाइजी वितरण गरिरहेको चेन होटल कम्पनि मानिन्छ । यो अमेरिकी कम्पनिले ९५ देशका ९ हजार बढी होटलको व्यवस्थापन हेरिरहेको छ । एसियामै मात्र पनि २० वटा देशका १ हजार ६ सय बढी होटल सञ्चालनमा ल्याएको छ ।

होटल व्यवशायमा अघि बढ्दै बस्नेत

इटहरीमा जन्मेर काठमाडौलाई कर्मथलो बनाएका बस्नेत देशका विभिन्न भागमा विभिन्न व्यवशायिक परियोजनाहरुमा लगानी विस्तार गरिरहेका छन् । पितापुर्खाले थालेको ईँटा तथा काठ उद्योगबाट अघि बढेका बस्नेतले नेपालमा एक पछि अर्को स्टार तथा अन्तर्राष्ट्रिय स्तरका होटल तथा रिसोर्ट संचालनमा ल्याइरहेका छन् ।
उनले हालै मात्र काठमाडौमा निर्माणाधिन पाँच तारे होटलमा एक्कोर समूहको मक्र्योर ब्राण्ड भित्राएका थिए । नेपाल उद्योग वाणिज्य महासंघमा लगातार दुई कार्यकाल सदस्य रहेका उनी अहिले महासंघको पर्यटन तथा हवाई यातायात समितिको सभापतिको रुपमा नेपालको पर्यटन विकासमा व्यवशायीहरुको संस्थागत नेतृत्व गरिरहेका छन् ।
यस्तै उनले पर्यटकीय एवं धार्मिक स्थल मनकामनामा समेत ५० रोपनी क्षेत्रफलमा पाँच तारे स्तरकै सरोवर प्रिमियम ब्राण्डमा सरोबर होटल्स एण्ड रिसोर्ट संचालनमा ल्याउन लागेका छन् ।
पेशाले इन्जिनियर रहेका बस्नेत नेपालका लागि जाम्बियाका वाणिज्य दूत तथा सार्क चेम्बर अफ कमर्सका समेत कार्यसमिति सदस्य हुन् । एवी होल्डिङ्सका अध्यक्ष रहेका बस्नेतले आफ्नो नेतृत्वमा परियोजना र पूर्वाधार विकास, होटल पर्यटन, उत्पादन, स्वास्थ्य, रियल स्टेट र पोर्टफोलियो अन्तरगत विभिन्न परियोजनामा लगानी गर्दै आएका छन् ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]