यौनिक तथा लैंगिक अल्पसंख्यकलाई भेदभाव गर्न हुन्न

  • असार ५, २०८० / नेपाल रेखा
alt

इटहरी । यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको अधिकारको बिषय सबैको साझा मुद्दा भएको कोसी प्रदेशसभा सदस्य सपना परियारले बताएकी छन् ।
साहारा समाज इटहरीको आयोजना तथा मितीनी नेपालको सहयोगमा इटहरीमा भएको प्राइड मन्थ कार्यक्रममा प्रदेशसभा सदस्य परियारले सो कुरा बताएकी हुन् ।
सन् १९९० मे १७ मा विश्व स्वास्थ्य संगठनले समलैंगिकतालाई मानसिक नभएर प्राकृतिक प्रक्रिया हो भनि ठहर गरिसकेको उनको भनाई थियो । उनले भनिन्–‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई राज्य र समाजले भेदभाव गर्न हुन्न ।’
उनले यो समुदायलाई राज्यको मूलधारमा ल्याउने गरी कानुन निर्माणमा भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।
मुलुक संघिय लोकतान्त्रिक गणतन्त्रको दिशामा अघि बढिरहदा समाजमा अपहेलित भएर बस्नु पर्ने अबस्थाको अन्त्यका लागि आफू लागि पर्ने उनको जोड थियो ।
यो समुदायको मुद्दा राष्ट्रकै मुद्दा हो सामाजिक न्यायको सिद्धान्तको दृष्टिकोणले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायलाई मूलधारमा ल्याउनुपर्नेमा आफूहरुले प्रदेशसभामा छलफल चलाउने प्रदेशसभा सदस्य परियारले बताइन् । प्राइड मन्थ कार्यक्रममा साहारा समाजका अधिकारकर्मी सुमन लामा, मितीनी नेपालको कविता तामाङ्ग, मानव कल्याण समाज इटहरीको कार्यक्रम संयोजक देवनारायण चौधरी, महिला सहयोगी समूह इटहरीको कार्यकारी निर्देशक विमला मल्ल लगायतले बोलेका थिए । कार्यक्रममा सहभागीहरुले कविता वाचन नृत्य प्रस्तुत गरेका थिए ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]