बाख्रा पालन समूहलाई बोयर जातको बिऊ बोका हस्तान्तरण

  • असार ५, २०८० / नेपाल रेखा
alt

विराटनगर । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत विराटनगर महानगरपालिकाले बाख्रा पालन समूहलाई बिऊ बोका वितरण गरेको छ ।
महानगरले प्रविधि हस्तान्तरण कार्यक्रमअन्तर्गत विराटनगर–४ स्थित समावेशी बाख्रा पालन समूहलाई बोयर जातको बिऊ बोका हस्तान्तरण गरेको हो । सोमबार महानगरपालिकामा आयोजित कार्यक्रममा समूहकी सचिव पुष्पा श्रेष्ठलगायत समूहका अन्य सदस्यहरुलाई मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले बिऊ बोका हस्तान्तरण गरे । समूहमा आबद्ध महिलाहरुले व्यवसायिक बाख्रा पालन गरेर स्वरोजगार भएका छन् । महानगरले ८ दिने उद्यमशीलता र ७ दिने सीपमूलक तथा बाख्रा पालनसम्बन्धी तालिम दिएको थियो । तालिमपछि यसअघि सिलाई मेसिनसहित विभिन्न सामग्रीसमेत वितरण गरेको थियो । समावेशी समूहमा १९ जना महिला आबद्ध रहेको सचिव श्रेष्ठले बताए । १९ जनाले नै ५ देखि ३० वटासम्म बाख्रा पालेका छन् ।

मानसिक स्वास्थ्य-हाम ...

हाम्रो समाजमा हामी प्रायः मानिसलाई काम कस्तो चलिरहेको छ ...

नेता चोकमा झण्डा अना ...

मोरङ । १८ औँ गणतन्त्र दिवसको अवसर पारेर ग्रामथान गाउँपा ...

तालतलैया कला साहित्य ...

इटहरी । सुनसरीको इटहरीमा पनि साहित्यिक तथा सांस्कृतिक क ...

पत्रकार दीपक कार्की ...

इटहरी । ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला गराई आपसी ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]