प्राविधिक र व्यावसायिक शिक्षामा जोड

  • जेठ २८, २०८० / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विद्यालय तहदेखि नै प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन् ।
विराटनगर–१७ स्थित मदरसा अशरफिया इजरुल उलूम आधारभूत विद्यालयको १६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले सैद्धान्तिकभन्दा प्राविधिक र व्यावसायिक शिक्षालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका हुन् । सीपमूलक शिक्षा प्राप्त गरेको विद्यार्थीले अध्ययन पूरा गरिसकेपछि सहज रुपमा रोजगारी पाउने उनको भनाइ थियो । “अझै पनि नेपालको शिक्षा सैद्धान्तिक भन्दा माथि उठ्न सकेको छैन,” उनले भने, “एउटा हातमा डिग्रीको सर्टिफिकेट र अर्को हातमा सीपको सर्टिफिकेट भएमा विश्वको जुनसुकै मुलुकमा गए पनि रोजगारी पाउने अवस्था छ । तर हामी कहाँ डिग्रीको सर्टिफिकेट मात्रै छ भोकेस्नल ट्रेनिङको सर्टिफिकेट छैन ।” उनले विद्यार्थीलाई जुन क्षेत्रमा रुची छ त्यसकै तालिम दिनुपर्नेमा जोड दिए ।
उनले महानगरले पनि प्राविधिक र व्यावसायिक शिक्षालाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिए । मदरसाहरुको भौतिक विकासका लागि महानगरले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । उनले सीमित स्रोत र साधनको बाबजुत पनि महानगरले दक्षिणी क्षेत्रको विकासलाई प्राथमिकतामा राखेको बताए । विराट राजाको दरबार क्षेत्रमा अवस्थित किचबध पोखरी, मण्ठापोखरी र रानीपोखरीको निर्माण धमाधम भइरहेको छ । बहुवर्षीय आयोजनाका रुपमा रहेका उक्त पोखरीहरुको निर्माण र सौन्दर्यकरण भइसकेपछि आन्तरिक र भारतीय पर्यटकका लागि आकर्षणको केन्द्र बन्न सक्ने मेयर कोइरालाले बताउनुभयो । उहाँले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान जारी रहेकाले साथ दिन सबैलाई आह्वानसमेत गरे ।
कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक नृत्य र गीत प्रस्तुत गरेका थिए ।

 

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]