राष्ट्रिय कविता प्रतियोगितामा सिरहाका भट्टराई प्रथम

  • जेठ २७, २०८० / नेपाल रेखा
alt

दमौली । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको आयोजनामा दमौलीमा शुक्रबारदेखि सुरु भएको राष्ट्रिय कविता प्रतियोगितामा सिरहाका अविनाश भट्टराई प्रथम हुनुभएको छ ।
प्रतियोगितामा सङ्खुवासभाका सिजन श्रेष्ठ द्वितीय, झापाका केशव भट्टराई तृतीय हुनुभएको छ । रौतहटका मनोज विश्वकर्मा, चितवनका सिर्जन अविरल, मोरङका पूजा आराधना, तनहुँका प्रकाश रम्घाली, गोरखाका भरतबाबु ढकाल र सिन्धुपाल्चोकका सुन्दर शिरिष सान्त्वना हुनुभएको छ ।
प्रथम, द्वितीय र तृतीय हुने कविलाई क्रमशः ५५ हजार, ४० हजार र २५ हजार नगद प्रदान गरिनेछ । त्यस्तै सान्त्वना हुनेलाई जनही १० हजारका दरले पुरस्कार प्रदान गरिनेछ । उक्त पुरस्कार आज प्रदान गरिने गण्डकी वाङ्मय प्रतिष्ठानकी सचिव अन्जु दाहालले जानकारी दिनुभयो । साहित्यकार रमेश पौडेलको संयोजकत्वमा रहेको निर्णायक समितिले उत्कृष्ट कविता घोषणा गरेको हो ।
कविता प्रतियोगितामा देशभरबाट दुई सय ३७ कविता प्राप्त भएको थियो । दुई वर्ष अगाडि कार्यक्रम तय गरी कविता प्राप्त भएकामा सोही कवितालाई अहिले प्रतिस्पर्धामा सहभागी गराई घोषणा गरिएको प्रतिष्ठानका अध्यक्ष अर्जुन अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दुई वर्ष पहिला कार्यक्रम तय भई कविताहरू प्राप्त भएका थिए, त्यतिबेला कोभिडका कारण कार्यक्रम गर्न नसकेर स्थगित भयो, सोही कविता अहिले प्रतिस्पर्धामा सहभागी गराएर उत्कृष्ट घोषणा गरिएको हो ।”
सोही कार्यक्रममा गण्डकी वाङ्मय पुरस्कार २०७९ देखि वरिष्ठ साहित्यकार समालोचक नारायणप्रसाद गौतमलाई प्रदान गरिएको छ । विसं २०५४ मा स्थापना भएको यो संस्थामा स्थापित एक लाख अक्षयकोषबाट साहित्यकार गौतमलाई पुरस्कृत गरिएको हो । पुरस्कारको राशि १० हजार रहेको छ ।
कार्यक्रमकै अवसरमा कविता प्रतियोगितामा सहभागी कवितामध्ये उत्कृष्ट ६५ वटा कविता समावेश गरी स्मारिका प्रकाशित गरिएको छ । उक्त स्मारिकाको शुक्रबार साहित्यकार सरुभक्त श्रेष्ठले विमोचन गर्नुभएको थियो ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]