धरान । कवि, मुक्तकार, गीतकार दिलिप योन्जन तामाङको नयाँ मुक्तक सङ्ग्रह ‘आगमन’ तथा अमर र अविरलको दोश्रो संस्करणको विमोचन धरानमा विमोचन भएको छ । नेपालमा आएको समयमा उनीद्वारा लिखित मुक्तक संग्रहलाई धरानका साहित्यकार समक्ष सार्वजनिक गरिएको हो ।
वरिष्ट साहित्यकारहरु विशाल नाल्बो, सुदिप पाख्रिन, चन्द्र गुरुङ्ग, पराजित पोमु, इन्दु नेपाल योञ्जन लगायतका साहित्यकारहरुको उपस्थिती कार्यक्रममा रहेको थियो ।
साहित्यकार दिलिप योन्जन तामाङका हालसम्म मान्छेको भिडमा, आस्था खोजिरहेछु, कविता सग्रह गाउँबेसीमा फुलै फुल्यो गिती संग्रह, अनुपम, अमूल्य, अजम्बरी, आफ्नै छाँयाले, अनुराग सिडी, अबिरल, अमर लगायतका सृजना प्रकाशित भएका छन् । साथै उनले मुक्तकमा नेतृत्वको कारणबाट जनताले भोगेका पीडाहरुलाई मार्मिक रुपमा सटिक रुपमा साहित्यको माध्यमबाट व्यक्त गर्ने गरेका छन् ।