दोहमनामा निर्माण भएको पशुपंक्षी बजार उद्घाटन तथा हस्तान्तरण

  • जेठ २१, २०८० / नेपाल रेखा
alt

विराटनगर । रंगेली नगरपालिका–९ स्थित दोहमना बजारमा निर्माण भएको सुविधा सम्पन्न पशुपंक्षी बजारको उद्घाटन गरि नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाद्वारा निर्मित पशुपंक्षी बजारको शनिबार भव्य समारोहका बिच उद्घाटन गरि रंगेली नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
सो पशुपंक्षी बजारको कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. बेदुराम भुषालले उद्घाटन गरे । सो अबसरमा बोल्दै मन्त्री भुषालले देशभरका १६१ वटा गाउँ तथा नगरपालिकामा पशु स्वास्थ्य प्रयोगशाला राख्ने सरकारले योजना बनाएको जानकारी दिए । उनले सो बजारलाई पशु स्वास्थ्य केन्द्र आवश्यक देखिएकाले मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले सो बजारमा बिक्रिवितरण गर्नका लागि ल्याइने पशुपंक्षी स्वस्थ भए नभएको भन्ने विषयमा ध्यान दिनुपर्ने बताउँदै त्यसका लागि आवश्यक संरचना निर्माण गर्न मन्त्रालयका तर्फबाट सक्दो सहयोग गर्ने समेत बताए । उनले रंगेलीमा कृषि बजार समेत निर्माण भइरहेको र त्यसका लागि थप बजेट समेत विनियोजन गरिएकाले स्थानीयवासी भाग्यमानी रहेको बताए ।
सो अबसरमा रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले दोहमनाको पशुपंक्षी बजार नगरपालिकाको प्रस्तावमा निर्माण भएको जानकारी दिए । उनले रंगेली बजारस्थित कृषि बजार निर्माणका लागि पनि मन्त्रालयले सहयोग गर्ने विश्वास व्यक्त गरे । उनले आगामी आर्थिक वर्षमा कृषि बजारका लागि बजेट विनियोजन भइसकेकाले चाँडै निर्माण सम्पन्न गर्नका लागि मन्त्रालयबाट आवश्यक सहयोग गरिदिनसमेत आग्रह गरे ।
कार्यक्रममा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका निर्देशक डा. उमेश दाहालले स्वस्थ पशुपंक्षी विक्रिवितरणका लागि सो बजार निकै महत्वपूर्ण र उपयोगी रहेको बताए । उनले सो बजारमा पशुपंक्षी विक्रिवितरणका लागि सुविधा सम्पन्न संरचना निर्माण गरिएको जानकारी दिए ।
कार्यक्रममा रंगेली नगरपालिकाकी उपमेयर भूमा पराजुलीले सो बजारका लागि आवश्य अन्य संरचना निर्माणमा पनि मन्त्रालयलाई सहयोग गर्न आग्रह गरिन् ।
उक्त पशुपंक्षी बजार रंगेली नगरपालिकाको पहलमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजना मार्फत ३ करोड ७ लाख रुपैयाँको लागतमा निर्माण भएको प्रमुख प्रशासकिय अधिकृत ओमकार प्रसाद न्यौपानेले जानकारी दिए । सो बजार २०७९ साल साउनमा निर्माण सम्पन्न भएपनि शनिबार मात्र उद्घाटन भएको हो । सो पशुपंक्षी बजारको उद्घाटन पछि रंगेली नगरपालिकालाई हस्तान्तरणसमेत गरिएको छ । कार्यक्रममा नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाका निर्देशक दाहालले रंगेली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत न्यौपानेलाई बजारको सम्पूर्ण निर्मित संरचना हस्तान्तरण गरे । यो सँगै उक्त बजार रंगेली नगरपालिकाको स्वामित्वमा आएको छ । सुविधा सम्पन्न उक्त बजार निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीय निकै हर्षित भएका छन् । दक्षिणपूर्वी मोरङको सवैभन्दा ठुलो पशु बजारका रुपमा चिनिदै आएको सो बजार सुविधा सम्पन्न भएपछि सो क्षेत्रका हजारौँ कृषक लाभान्वित हुनेछन् । नेपालकै सवैभन्दा पुरानो र ऐतिहाँसिक उक्त बजारको इतिहास दुई वर्ष पुरानो रहेको रंगेली–९ का वडाध्यक्ष चुडामणी रेग्मीले बताए । उनका अनुसार सो बजारबाट पशुपंक्षीको व्यवसाय प्रवद्र्धन, प्रोत्साहन र बजारीकरण ठुालो सहयोग पुगेको भन्दै स्थानीय कृषकहरु हर्षित भएका हुन् । सो बजारमा पशुपंक्षीको विक्रिवितरण, पशुपंक्षीमा आत्मनिर्भर र स्थानीय जनताको जिविकोपार्जनमा समेत ठुलो टेवा पुग्ने रंगेली नगरपालिकाका मेयर बगडीयाले बताए ।

मानसिक स्वास्थ्य-हाम ...

हाम्रो समाजमा हामी प्रायः मानिसलाई काम कस्तो चलिरहेको छ ...

नेता चोकमा झण्डा अना ...

मोरङ । १८ औँ गणतन्त्र दिवसको अवसर पारेर ग्रामथान गाउँपा ...

तालतलैया कला साहित्य ...

इटहरी । सुनसरीको इटहरीमा पनि साहित्यिक तथा सांस्कृतिक क ...

पत्रकार दीपक कार्की ...

इटहरी । ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला गराई आपसी ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]