अहमदिया संघको आयोजनामा निःशुल्क आँखा शिविर

  • जेठ १९, २०८० / नेपाल रेखा
alt

इटहरी । अहमदिया संघ नेपाल सुनसरी मोरङ सर्कलको आयोजनामा सुनसरीको खनारमा निःशुल्क आँखा परिक्षण शिविर सम्पन्न गरिएको छ ।
अहमदिया संघ नेपालले इटहरी उपमहानगरपालिका वडा नम्बर ११ मा विराटनगर आँखा अस्पतालको प्रविधिक सहयोगमा निःशुल्क आँखा परिक्षण शिविर आयोजना गरेको हो ।
शिविरमा इटहरी उपमहानगरपालिका वडा नम्बर ११ तथा आसपासका क्षेत्रका १ सय ६० जनाको आँखा परिक्षण गरिएकोमा ३० जनाको मोतिया विन्दुको अप्रेसन गर्नु पर्ने अवस्था रहेको र अहमदिया संघ नेपालका केन्द्रीय सदस्य हैदर अलीले जानकारी दिए ।
मोतियाविन्दुको अप्रेसन गर्नु पर्नेहरुको विराटनगर आँखा अस्पतालमा निःशुल्क अप्रेसन गर्ने व्यवस्था समेत मिलाइएको उनले जानकारी दिए । कार्यक्रम अहमदिया संघ नेपाल मोरङका इन्चार्ज सज्जाद अहमदको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष केशव कोइरालाको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा अहमदिया संघ नेपालका केन्द्रिय उपाध्यक्ष मोहमद स्माईल, सुनसरी मोरङ सर्कल इञ्चार्ज शेख सलाउद्धिन लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]