वथनाहा–विराटनगर रेलसेवा संचालनमा, उद्योगी व्यवसायी र सर्वसाधारण उत्साहित

  • जेठ १९, २०८० / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर । भारतको वथनाहा देखी विराटनगरको वुधनगरसम्म कार्गो रेलसेवा संचालनमा आएको छ । बिहीवार ध्वजा पताकाले सिंगारिएको कार्गो रेल विराटनगर आइपुगेको हो ।
भारत भ्रमणमा रहेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट हरियो झण्डा देखाएर उद्घाटन गरेपछि वथनाहाबाट छुटेको रेल विराटनगर आइपुगेको हो ।
वथानाहा देखि विराटनगर स्थित एकिकृत भन्सार जाँचचौकी स्थित कष्टमयार्ड सम्मको आठ किलोमिटर रेलमार्गमा कार्गो रेलसेवा सुचारु भएको हो ।
वथनाहा देखि विराटनगर हुदै कटहरीको महेशपुरसम्म १८ किलोमिटर लामो रेलमार्ग निर्माण गर्ने लक्ष्य रहेपनि मुआब्जा विषयमा आएको विवाद कारण अहिले आठ किलोमिटर रेलमार्गमा सेवा संचालनमा आएको छ ।
भारत सरकारको आर्थिक र प्राविधिक सहयोगमा निर्माण भएको रेलमार्ग पूर्ण रुपले संचालन गर्न पहल भइरहेको छ । कटहरी गाउँपालिकाक महेशपुरमा अन्तिम रेल्वे स्टेसन संचालनमा आउने गरि १२ वर्ष अघि काम शुरु भएपनि मुआब्जाका विषयमा विवाद कारण बाँकि खण्डमा काम रोकिएको छ । महेशपुरसम्म रेलमार्ग निर्माण भएपछि सो मार्गमा यात्रुवाहक रेल समेत संचालनमा आउने छ ।
कार्गो रेल विराटनगर आएपछि ठुलो शंख्यामा सर्वसाधारण तथा उद्योगी व्यवसायीहरुले त्यसको स्वागत गरेका छन् ।
रेल आउने भएपछि भएपछि त्यसको स्वागतका लागि विहानैदेखि सर्वसाधारणहरुको ठुलो भिड लागेको थियो । विराटनगर स्थित विभिन्न उधोगका कच्चा पदार्थ बोकेर रेल विराटनगर आइपुगेको हो ।
रेला सेवा सुचारु नहुदा वथनाहासम्म कच्चा पदार्थ आउने गरेको र त्यहाँवाट अनलोड भएर कच्चा पदार्थ मालवाहक सवारी साधन मार्फत उधोग परिसमासम्म ढुवानी हुने गरेको थियो । अब भारत लगायत तेश्रो मुलुकबाट आएका कच्चा पदार्थ अब सोझै विराटनगर आइपुग्न सहज भएको छ ।
उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले वथनाहा–विराटनगर कार्गो सेवा संचालमा आएकोमा दुवै देशका प्रधानमन्त्रीलाई धन्यावाद दिदै रेलसेवाले विराटनगरको मात्र नभएर कोशी प्रदेशको आर्थिक विकासमा मद्दत पुग्ने बताए । उनले रेलसेवालाई नियमित रुपमा संचालन गर्नुपर्नेमा समेत जोड दिए।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले रेल्वे सेवा संचालनमा आएपछि कच्चा पदार्थको ढुवानी भाडा कम हुने वताउदै कटहरीको महेशपुरसम्म रेल्वे सेवा सुचारुगर्न राज्यले पहल गर्नुपर्ने बताए । उनले उद्योगी व्यवसायीहरुको वर्षौदेखिको चाहना पुरा भएकाले यो सवैका लागि खुशिको कुरा भएको बताए ।
रेलसेवा संचालनमा आएपछि सर्वसाधारणहरु समेत रोजगारी पाउने आशामा खुशि भएका छन् । विराटनगर–१८ का मनोज मण्डलले रेल संचालनमा आएपछि रोजगारी पाउन आफुहरुलाई सहज हुने वताए । गाउमै रेल आएपछि घरमै वसेर रोजगारी पाउने उनको भनाई थियो । कार्गो सेवा जस्तै यात्रु वाहक रेलसेवा समेत संचालन गर्न उनले सरकारसंग आग्रह गरे । सो आयोजनाको निर्माण लागत ३ अर्व ७३ करोड भारतीय रुपैया रहेको छ ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]