मोरङको रंगेलीमा १० करोड लागतमा कृषि फर्म संचालन

  • जेठ १८, २०८० / नेपाल रेखा
alt

कुमोद अधिकारी
विराटनगर। रोजगारीकालागि विदेश जाने क्रम वढिरहेको बेला स्वदेशमै पनि केहि गर्न सकिन्छ भन्ने उद्देश्यका साथ मोरङका ९ जना युवाहरुले १० करोडको लगानीमा कृषि फार्म संचालनमा ल्याएका छन् ।
मोरङको रंगेली नगरपालिका–१ स्थित ववियाविर्तामा जय श्री राम एग्रो कृषि फार्म संचालन गर्दै सामुहिक रुपमा युवाहरुले धान, तरकारी केराखेती साथै माछापालन तथा पशुपालन व्यवसाय शुरु गरेका हुन् ।
३५ विघा क्षेत्रफल रहेको फर्ममा १८ विघा जग्गामा उन्नत जातको धानखेती, १० वटा पोखरीमा माछापालन तीन विघा जग्गामा ड्रागन खेती साथै एक हजार लोकल कुखुरा, एक सय ओटा खसीबाख्रा, १७ वटा गाइभंैसी पाडापाडी रहेका छन् । त्यस्तै सो फर्ममा सिजन अनुसार तरकारी र घासखेती हुने गरेको छ । कृषि क्षेत्रलाई वढावा दिन कृषि कर्ममा संलग्न भएको फर्मका संचालक तिर्थराज घिमिरेले बताए ।
सो फर्ममा सिजनमा ४० जना वढि स्थानीयले रोजगारी पाउदै आएका छन् ।
दुईवर्ष अघि शुरु गरिएको कृषी फर्मलाई कोशी प्रदेश सरकारले समेत अनुदान दिएको छ । प्रदेशको कृषि मन्त्रालयले ५० प्रतिशत अनुदान दिएपछि २४ लाख रुपैयाको लागतमा गत वर्ष चार पांग्रे ढुवानीका साधन फर्मले खरिद गरेको छ ।
कृषि पेशालाई महत्व दिन तीनै तहको सरकारले आफनो निति तथा कार्यक्रममा उत्पादनमुखी अनुदानमा जोड दिनुपर्ने घिमिरेको भनाई छ । सरकारले दिने अनुदान लक्षित किसानले पाउन नसकेकाले उत्पादन हेरेर अनुदान तोक्न उनले आग्रह गरे ।
फर्म संचालन गर्न अहिले धौ धौ परेपछि वार्षिक एक करोड रुपैया लगानीकर्ताले घरबाटै खर्च गर्ने गरेको र आगामी वर्षदेखि फर्मबाट केहि आम्दानी हुने घिमिलेले बताए । अहिले आम्दानी नभएपनि केहीवर्ष पछि राम्रो आम्दानी हुने भएकाले यो पेशाबाट आफुहरु सन्तुष्ट रहेको उनले सुनाए ।
घरपरिवार छाडेर पैसा खर्च गरेर अरुको देशमा गएर काम गर्नु भन्दा सानातिना कृषि व्यवसाय गर्नसके स्वदेशमै पनि राम्रो आम्दानी गर्न सकिने रहेछ भन्ने अनुभव कृषी कर्ममा लागेपछि आफुले पाएको घिमिरेको भनाई छ । नेपालमै बसेर पनि सानातिना व्यवसाय गर्दा विदेशको भन्दा वढि कमाउन सकिने भएकाले विदेश नगई नेपालमै बसेर केहि गर्न युवाहरुलाई उनले आग्रह समेत गरे ।
कृषि व्यवसायप्रति युवालाई आकार्षित गराउन कृषिमा सहज अनुदान, उत्पादित वस्तु विक्रीकालागि बजारको व्यवस्था, गुणस्तरीय मल,जग्गाको चकलवन्दी, माटो परिक्षण तथा सिचाईको सहज व्यवस्थापन आवश्यक छ । यसो गर्न सके मुलुक कृषिमा आत्मनिर्भर बन्ने र युवाहरु विदेशिने क्रम केहि कम हुने निश्चित छ ।
नेपाल सरकारले कृषमा अनुदान दिएपनि अनुदानको रकम अझैपनि सहि किसानसम्म पुग्न सकेको छैन उनले भने त्यसकालागि स्थानीय तह र प्रदेश सरकारले ध्यान दिनु जरुरी छ । सहि रुपमा अनुदान वितरण हुने हो भने धेरै युवाहरु कृषि पेशामा जोडिने उनको भनाई छ । ठुलो लगानी गरेर फर्म संचालन गर्दा पनि रंगेलीमा रहेका सहकारी संघसंस्थाहरुबाटअहिले सम्म रसायनिक मल पाउन नसकेको उनले गुनासो गरे । समयमा मल नपाउदा किसानहरुले भारतबाट आउने गुणस्तहिन मल प्रयोग गर्ने गरेको र जसकाकारण त्यस्ता मल प्रयोग गर्दा माटोको उर्वराशक्ति क्षिण बन्दै गएकाले पनि मलको सहज विक्री वितरण आवश्यक रहेको घिमिरेको भनाई छ ।

मानसिक स्वास्थ्य-हाम ...

हाम्रो समाजमा हामी प्रायः मानिसलाई काम कस्तो चलिरहेको छ ...

नेता चोकमा झण्डा अना ...

मोरङ । १८ औँ गणतन्त्र दिवसको अवसर पारेर ग्रामथान गाउँपा ...

तालतलैया कला साहित्य ...

इटहरी । सुनसरीको इटहरीमा पनि साहित्यिक तथा सांस्कृतिक क ...

पत्रकार दीपक कार्की ...

इटहरी । ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला गराई आपसी ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]