विराटनगर महानगरलाई सरकारी संयन्त्रमध्ये उत्कृष्ट पुरस्कार प्रदान

  • जेठ १८, २०८० / नेपाल रेखा
alt

विराटनगर। सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको बिक्री वितरण र सेवनमा रोक लगाएर उदाहरणीय कार्य गरेको भन्दै संघीय सरकार स्वास्थ्य मन्त्रालयले सरकारी संयन्त्रणतर्फ विराटनगर महानगरपालिकालाई सर्वोत्कृष्ट पुरस्कार प्रदान गरेको छ ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले महानगरका मेयर नागेश कोइरालालाई नगदसहित सम्मानपत्र प्रदान गरे। स्वास्थ्य मन्त्रालयले आयोजना गरेको कार्यक्रममा महानगरलाई प्रदान गरिएको पुरस्कार मेयर कोइरालाले ग्रहण गरेका हुन् । कार्यक्रममा मन्त्री बस्नेत र स्वास्थ्य सचिव डा. रोशन पोखरेलले मेयर कोइरालालाई दोसल्ला ओढाएर नगद ५० हजार र सम्मानपत्र प्रदान गरे ।
मन्त्रालयले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्ति तथा संस्थालाई हरेक वर्ष सो पुरस्कार प्रदान गर्ने गरेको छ । “सुर्तीजन्य पदार्थको बिक्री, वितरण र सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमनमा पु¥याएको योगदानको उच्च मूल्यांकन गर्दै कानुन कार्यान्वयन गर्ने निकाय (सरकारी कार्यालयतर्फ) विराटनगर महानगरपालिकालाई पुरस्कृत गरिएको छ,” मन्त्रालयले प्रदान गरेको सम्मानपत्रमा उल्लेख छ । महानगरले गत वैशाख १ गतेदेखि विराटनगरका सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा निषेध गरेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले विराटनगर महानगरपालिकाले सुर्तीजन्य पदार्थको बिक्रीवितरण र सेवनलाई निषेध गर्ने सन्दर्भमा निकै महत्वपूर्ण कार्य गरेको बताए। उनले अन्य पालिका र सरकारी कार्यालयहरुले पनि विराटनगरबाट सिक्नुपर्नेमा जोड दिए । मन्त्रालयले छनोटका क्रममा विशेष टोली पठाएर स्थलगत रुपमा समेत अध्ययन गरेको उनको भनाइ थियो । महानगरले अघि सारेको अभियान निकै प्रभावकारी रुपमा कार्यान्वयन भएको देखिएकाले पुरस्कृत गरिएको मन्त्री बस्नेतले प्रस्ट पारे ।
मेयर कोइरालाले महानगरले विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियान सञ्चालन गरिरहेको जानकारी दिए । अभियानअन्तर्गत गत वैशाख १ गतेदेखि सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थको बिक्री र सेवनमा महानगरले रोक लगाएको उनको भनाइ थियो । कोइरालाले स्वास्थ्य मन्त्रालयले प्रदान गरेको पुरस्कार विराटनगरवासीकै कारण प्राप्त गरेको उल्लेख गरे । “विराटनगरवासीको साथ र सहयोगकै कारण महानगरले सञ्चालन गरेका अभियानहरु सफल भइरहेका छन्,” उनले भने, “सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा पनि महानगरवासीको ठूलो साथ पाएका छौं ।”
मेयर कोइरालाले साउन १ गतेदेखि सुर्तीजन्य पदार्थको बिक्रीका लागि लिएका अनुमतिपत्र नवीकरण र नयाँ दर्तासमेत नगर्ने जानकारी दिए । कार्यक्रममा स्वास्थ्य सचिव डा. रोशन पोखरेलले सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणको न्यूनीकरण, नियन्त्रण तथा कानुन कार्यान्वयन गरी देशका ७५३ पालिकामात्रै नभएर मुलुकका सबै सरकारी संयन्त्रमध्ये विराटनगर सर्वोत्कृष्ट भएको बताए ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]