महानगरद्वारा गर्भवतीलाई पोषणसहितका सामग्री प्रदान

  • जेठ १७, २०८० / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाले वडा नम्बर १८ का गर्भवती महिलाहरुलाई पोषणसहितका सामग्री वितरण गरेको छ ।
१६ औं गणतन्त्र दिवसको अवसर पारेर विराटनगर–१८ स्थित फडानीमा आयोजित कार्यक्रममा महानगरले १ थान ठूलो छाता (लाहुरेछाता), १ थान झुल, ५ थान नुहाउने साबुन, ३ किलो मिक्स गेडागुडी र एक क्रेट अण्डा वितरण गरेको हो । कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, १८ नम्बर वडाका अध्यक्ष जितेन्द्रकुमार साह, सामाजिक समितिका सदस्य सरिता घिमिरे नेपाल, ओमप्रकाश साह, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायतले गर्भवतीहरुलाई पोषण सामग्री वितरण गरे । कार्यक्रमलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले गर्भाअवस्थामा राम्रो पोषण तथा नियमित गर्भ जाँचले गर्भमा भएको बच्चा तथा आमाको स्वास्थ्य राम्रो हुने बताए ।
उनले महानगरपालिकाले गर्भवती आमाहरुका लागि प्रसूति गराउन उपलब्ध गराउँदै आएको निःशुल्क प्रसूति एम्बुलेन्स सेवा लिनसमेत आग्रह गरे । त्यस्तै उपमेयर शिल्पा निराला कार्कीले गर्भ अवस्थामा ८ पटक गर्भ जाँच गर्नुपर्ने, ४ महिनाको गर्भ भएदेखि नियमित रुपमा आइरन चक्की खानुपर्ने, जुकाको औषधि सेवन गर्नुपर्ने साथै टीटी सुई लगाउनुपर्ने र आवश्यकताअनुसार जुनसुकै बेला स्वास्थ्य सल्लाह लिनुपर्नेमा जोड दिइन् । १८ नम्बर वडाका अध्यक्ष जितेन्द्र साहले महानगरपालिकाले पछिल्लो समय विकाससँगै स्वास्थ्य सेवामा समेत दक्षिण क्षेत्रलाई विशेष प्राथमिकतामा राखेकोमा खुसी व्यक्त गरे । सेवाबाट टाढा रहेका लक्षित समूहलाई लाभान्वित हुनेगरी सम्बन्धित स्थानमै पुगेर पोषण सामग्री वितरण गरिएको हो । त्यस्तै एएनसी प्रोफाइल, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. उषा खनालद्वारा निःशुल्क रुपमा स्वास्थ्य जाँचसमेत गरिएको थियो । स्वास्थ्य जाँचपछि आवश्यक औषधिसमेत वितरण गरिएको स्वास्थ्य महाशाखा प्रमुख हैदर अलीले जानकारी दिए ।

कोशी प्रदेश सरकारले ...

विराटनगर । २०८३ सालको संबिधान दिवस भब्यताका साथ मनाउन क ...

मुस्कुराइरहेको प्रकृ ...

–विजय खतिवडा प्राकृतिक सौन्दर्य, जैविक विविधता र ...

सिदादान गर्न लामबद्ध ...

कुशे औँशीका अवसरमा शुक्रबार भक्तपुर नगरपालिका ...

भोटेकोशी बाढीमा बेपत ...

इटहरी । भदौ १० गते आएको भोटेकोशी बाढीमा बेपत्ता भएका बर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]