अर्जुन सुबेदी
इटहरी । गत बैशाख २१ गते इटहरी अस्पतालको इमरजेन्सी कक्षमा रुवाबासी चल्यो । उपचारका लागि ल्याइएका इटहरी–१६ का दम र मुटु रोगका ७३ बर्षीय एक बृद्धको अन्तिम अवस्था आएपछि उनका आफन्त रुवाबासी गर्न थाले । माहौल एकाएक निराशामय भयो । पहिले देखी नै दमको रोगी र मुटुमा समस्या आएर स्वास फेर्न गाह्रो भएपछि इटहरी अस्पताल भर्ना भएका ती बृद्धको उपचारको क्रममा अवस्था जटिल भएपछि डा. शिब नारायण शर्मा नेतृत्वको टिमले तत्काल आवश्यक निर्णय लिई थप उपचारपछि अवस्था सामान्य बन्यो । बिरामीलाई एम्बुलेन्स भित्रै आवश्यक उपचार गर्दै शर्माको टिमले थप उपचारको लागि सकुशल बिराटनगरस्थित नोबेल अस्पताल पु¥याउन सफल भयो । डा. शर्माका अनुसार रुवाबासी चलेको अस्पतालको माहौल सामान्य भयो । आफन्तहरु भन्दै थिए इटहरी अस्पतालका डाक्टर भगवान सावित भए ।
इटहरी अस्पतालमा डाक्टर भगवान सावित भएको यो घटना त एउटा प्रतिनिधि मात्र हो । पछिल्लो समय इटहरी लगायतका आसपासका स्थानीयले पाएको यो सेवाले पनि अस्पताल क्षमता अनुसार सक्षम छ भन्ने देखाउछ । तर इटहरी अस्पतालले यो अवस्थासम्म आइपुग्न निक्कै संघर्ष गर्नुपरेको इटहरी उपमहानगर प्रमुख हेमकर्ण पौडेल बताउछन् ।
प्रत्येक निर्वाचनमा इटहरीमा सुबिधा सम्पन्न अस्पताल निर्माणको आश्वासन राजनीतिक दलहरुको चुनाबी घोषणपत्रको मुख्य एजेण्डा बन्ने गरेको थियो । राजनितिक दलहरुको यो चुनाबी एजेण्डा लामो समयसम्म कागजमै सिमित बन्यो । उपमहानगर भएर पनि सुबिधा सम्पन्न अस्पताल नहुदा स्थानीयलाई उपचारका लागि धरान र बिराटनगर धाउनुपर्ने बाध्यता रहेको थियो । तर अहिले इटहरी उपमहानगरले अस्पतालको सेवा सुबिधा बिस्तार गरेसंगै नगरबासीलाई राहत भएको नगरप्रमुख पौडेलको दाबी छ ।
दुई बर्षअघिसम्म इटहरीको यो अस्पताल आउने विरामीहरु उपचार हैन रेफर लिएर फर्कनुपर्ने बाध्यता थियो । अस्पतालमा डाक्टर नहुदा विरामीलाई रेफर दिदै पठाउनु पर्दथ्यो । तर अहिले इटहरी अस्पतालले मुहार फेरेको छ । दैनिक ५ जना बिशेषज्ञ डाक्टरहरुले विरामी जाँच गर्न थालेपछि उपचारका लागि आउने विरामीको संख्या पनि बढेको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. शिब नारायण शर्माले बताए । शर्माका अनुसार ओ.पी.डीमा विशेषज्ञ डाक्टरले नै विरामी जाँच गर्न थालेपछि अहिले दैनिक ४ सय विरामीले उपचार लिइरहेका छन् । ओ.पि.डि दैनिक बिहान ८ बजे देखी नै सञ्चालन गरिरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ । नवनिर्वाचित नगरप्रमुख हेमकर्ण पौडेलले पहिलो निर्णय गर्दै थप उपचारका लागि रेफर लिनुपर्ने विरामीहरुले वडाबाटै रेफर लिन सक्ने घोषणा गरेपछि अस्पतालको सेवा प्रवाह थप सहज भएको छ । सोही घोषणा अनुसार रेफर लिन अस्पताल धाउने इटहरीबासीले अहिले वडाको स्वास्थ्य केन्द्रबाट नै रेफर लिन थालेका छन् । यसले इटहरी अस्पतालमा हुने अनावश्यक भिड पनि हटेको अस्पतालको दाबी छ ।
सेवा बिस्तारलाई तिब्रता दिएको इटहरी अस्पतालले गत बैशाख १५ गतेबाट २४ सै घण्टा उपचार हुने ब्यवस्था मिलाएको छ । यसअघि २०७६ साउन १५ देखी २४ सै घण्टा आकस्मिक सेवा सुरु गरेको अस्पतालले गत बैशाख १५ देखी ल्याब, फार्मेसी, एक्सरे र बहिरंग सेवा समेत सुचारु गरेको छ । २४ सै घण्टाका लागि बिस्तार गरिएको उक्त सेवाको नगरप्रमुख हेमकर्ण पौडेलले उद्धघाटन गरेपछि सेवाग्राही लाभान्वित भएका छन् ।
२४ सै घण्टा सेवा बिस्तार गरेसंगै विशेषज्ञ डाक्टरले जाँच गर्दै रोग परिक्षणका लागि विभिन्न टेष्ट गर्नलाई ल्याब सेवालाई पनि आधुनिक बनाईएको छ । ल्याबमा नयाँ मेसिन उपकरण थप गर्दै आधुनिक बनाइएको छ । अहिले दैनिक रुपमा मुट, मृगौला,कलेजो,डायवेटिज, प्रोष्टेट, डेंगु, भिटामिन, थाईराईड सहित अन्य विभिन्न प्रकारका परिक्षण हुने गरेको छ । अस्पतालमा ँगििथ ब्गतयmबतभम दष्यअजझभकतचथ mबअजष्लभ जडान गरेपछि ल्याब परिक्षणमा सहजता आएको छ । अस्पतालमा भिटामिन, क्याल्सियम र थाईराईड जाँच सुरु भएपछि परिक्षण गराउने मानिसहरुको ठुलो भिड नै लाग्ने गरेको छ । पछिल्लो महिनामा ७ सय बढिले इटहरी अस्पतालमा थाईराईडको परिक्षण गरेका छन् । भिडियो एक्स रे जडान गरेपछि विरामी जाँच गर्न आएका विरामीलाई बाहिर एक्सरे गर्न जानुपर्ने बाध्यता पनि हटेको छ । अहिले उपचारमा आएका १०० बढि विरामीले एक्सरे गर्ने गरेका छन् । रेडियोलोजिष्ट मार्फत नै एक्सरे हुने गरेको छ भने इ.सि.जि गर्न अहिले छुट्टै कोठा व्यवस्था गरिएको छ । यो भन्दा अघि इ.सि.जीका लागि छुट्टै कोठाको व्यवस्था थिएन । रेडियोलोजिष्टद्धारा शनिबार बाहेक प्रत्येक दिन भिडियो एक्स रे सेवा प्रदान गरिरहेको छ । दैनिक ७० बढि विरामीले भिडियो एक्स रेको सेवा लिईहरेको अस्पताल प्रशासनले जानकारी दिएको छ । योसँगै इ.सि.जीका लागि छुट्टै कोठाको व्यवस्था गरिएको छ ।
अहिले इटहरी अस्पतालले यसअघि नै २४ सै घण्टा १५ शैयाबाट आकस्मिक सेवा दिइरहेको र नयाँ बन्दै गरेको भवन निर्माण सम्पन्न भएपछि थप शैया बिस्तार गर्ने बताइएको छ । अस्पतालको ल्याबमा भिडियो एक्सरे र इसीजीको लागि आधुनिक उपकरण थप गरिएको र त्यही अनुसार जनशक्ति परिचालन गरेको अस्पतालले जनाएको छ । अस्पतालमा अहिले दैनिक रुपमा मुट, मृगौला, कलेजो, मधुमेह, प्रोष्टेट, डेंगु, थाईराईड सहित अन्य विभिन्न प्रकारका परिक्षणमा सेवाग्राहीको आकर्षण बढेको छ । मृगौला पिडित बिरामीहरुको उपचारका लागि अस्पतालले डाईलासिस मेसिन समेत जडान गरेको छ । पर्याप्त औषधीका लागि औषधी खरिद प्रकृया पनि सुरु गरिएको छ । अस्पतालको स्तरोन्नति गर्न थप लगानी समेत जुट्न थालेको छ । तर राजनीतिक स्वार्थको चेपुवामा परेर अस्पताल लथालिंग अवस्थामा पुग्ने पो हो की भन्ने उक्तिकै चिन्ता पनि स्थानीयमा देखिन्छ ।