लक्ष्यभन्दा कम राजस्व असुली

  • जेठ १०, २०८० / नेपाल रेखा
alt

झापा । आन्तरिक राजस्व कार्यालयले लक्ष्य अनुसारको राजस्व सङ्कलन गर्न नसकिएको जनाएको छ । जिल्लाका उद्योगधन्दा, कलकारखाना तथा व्यापार व्यवसायमा आएको मन्दीको असर राजस्वमा पनि परेको कार्यालयका प्रमुख कर अधिकृत सुभप्रसाद रिजालले बताउनुभयो । उक्त कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा दुई अर्ब ८५ करोड ३५ लाख ५० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा दुई अर्ब २६ करोड ४८ लाख ८० हजार राजस्व सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।
प्रमुख कर अधिकृत रिजालका अनुसार सङ्कलन भएको रकममध्ये करिब एक करोड ५० लाख विगत वर्षको पूर्वअनुमानित आयविवरण तथा दाखिला गरेको करको अङ्क फरक परेका (मिसम्याच) करदाताबाट सङ्कलन भएको थियो ।
मूल्य अभिवृद्धि करबाट रु ७६ करोड १२ लाख ५५ हजार र अन्त शुल्कबाट ३७ करोड ३६ लाख १७ हजार राजस्व सङ्कलन गरिएको थियो । प्रमुख करअधिकृत रिजालले मूल्य मूल्य अभिवृद्धि कार र अन्तशुल्कतर्फसमेत लक्ष्यअनुसार राजस्व सङ्कलन नभएको बताउनुभयो । “सबै क्षेत्र आर्थिक सङ्कटमा चुलिएको छ”, उहाँले भन्नुभयो, “त्यसको प्रत्यक्ष असर राजस्वमा पनि देखियो ।” जिल्लामा आन्तरिक राजस्व कार्यालयको मुख्य करको स्रोत भनेको उद्योगधन्दा, व्यक्तिगत फार्म र व्यापारी नै रहेका प्रमुख कर अधिकृत रिजालले जानकारी दिनुभयो ।
आर्थिक मन्दीको असर झापामा मात्र नभएर देशभरकै आन्तरिक राजस्व कार्यालयमा परेको उहाँको भनाइ थियो । उक्त कार्यालय मतहातमा ५४ हजार बढी करदाता छन् ।

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]