कुमोद अधिकारी
विराटनगर । कोशी प्रदेश सरकाले प्रदेश वन नियमावली मस्यौदामाथि सरोकारवालासंग छलफल एवं सुझाव संकलन गरेको छ । पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशको आयोजनमा मन्त्रालयले वुधवार सरोकारवालासंग छलफल गरेको हो ।
प्रदेस स्तरीय छलफल कार्यक्रमा वनसंग सरोकार राख्ने सामुदायिक तथा साझेदारी वनका प्रदेश अध्यक्ष निजी वन सन्जालका अध्यक्ष, काष्ठ व्यवसायी तथा निर्माण व्यवसायीहरुको सहभागिता थियो ।
कार्यक्रममा पर्यटन वन तथावातावरण मन्त्री जिवन आचार्यले वन नियमावलीलाई उत्कृष्ट बनाउन सरकारवालासंग छलफल एवं सुझाव संकलन आयोजना गरिएको बताए । कार्यक्रमबाट आएका सुझावलाई नियमावलीमा समेटेर त्यसलाई अन्तिम रुप दिदै मन्त्री परिषदबाट पास गरिने उनले बताए ।
मन्त्रालयका सचिव डा. सन्जिवकुमार राईले सरोकारवालाहरुबाट आएका सुझालाई बुंदागत रुपमा छलफल गर्दै त्यसलाई कार्यान्वयन गरिने बताए । कार्यक्रममा वन क्षेत्रको दिगो व्यवस्थापनकालागि सरकारवालाहरुले विभिन्न सुझावदिएका थिए ।
२०७७ सालमा आएको वनसम्वन्धी ऐनको वाधा अड्काउ फुकाउन नियमावली आवश्यक हुन्छ । मन्त्रालयले पहिलो चरणमा नियमावलीमाथि प्रदेशका विभिन्न जिल्लाका वन कार्यालयका प्रमुखहरुसंग छलफल गरिसकेको मन्त्रालयका प्रशासन शाखाका कर्मचारी राकेश निरौलाले बताए ।