अनुदान उत्पादनमा प्रेरक

  • वैशाख २९, २०८० / नेपाल रेखा
alt

कास्की । कास्कीको रुपा गाउँपालिका–५ देउरालीकी खोमाया गुरुङ यतिखेर बाख्रापालन गरिहनुभएको छ । विगतमा परम्परागत खोरमा बाख्रा पाल्नुभएकी उहाँले अहिले आधुनिक खोर निर्माण गर्नुभएको छ । दश बाख्राबाट सुरु गर्नुभएकी उहाँका खोरमा हाल २४ बाख्रा भइसकेका छन् । गएको दशैँमा घरमा मासुको व्यवस्थासँगै पाँच पाठा बेचेर अन्य खर्च एवं बैंकको किस्ता तिरेको गुरुङ बताउनुहुन्छ ।
विगतमा बाँदरका कारण अन्य खेती गर्न नसकेका अवस्थामा कृषि तथा पशुपक्षी विकास मन्त्रालयको ‘नेपाल लाइभ स्टक सेक्टर इनोभेसन आयोजना (एनएलएसआइपी)’बाट प्रदान गरिएको अनुदान सहयोगले यतिखेर गुरुङजस्तै गाउँका २४ महिला बाख्रापालनमा लागेका छन् । अन्नपूर्ण पशुपालक समूहमा आबद्ध उहाँहरू यतिखेर बाख्रापालन सक्रिय बनेका हुन् ।
आयोजनाले मासु उत्पादन मूल्य शृङ्खलाअन्तर्गत सम्बन्धित व्यक्ति एवं संस्थाको २० प्रतिशत र बैंकको ३० प्रतिशतः ऋण लगानीसहित आयोजनाबाट ५० प्रतिशत अनुदान दिने गरी प्रस्ताव आह्वान गरेकामा उक्त समूहले सबै प्रक्रिया पु¥याएर सो अनुदान सुविधा लिएको थियो । बाख्रापालनका लागि कुल एक करोड ९८ लाख लगातमध्ये स्वलगानी ३९ लाख, बैंकको ५९ लाख र आयोजनाको ९९ लाख ४३ हजार रहेको अन्नपूर्ण पशुपालक समूहका सचिव अप्सरा श्रेष्ठले जानकारी दिनुभयो । समूहले आयोजनासँग २०७८ भदौमा सम्झौता गरेको हो ।
आयोजनाअन्तर्गत सुधारिएका खोर निर्माण, खरी बाख्रा तथा ५० प्रतिशत बोयर बोका खरिद, बाख्रापालन व्यवसायीकरण, आधुनिकीकरणले खोरमा यतिखेर बाख्राका पाठा हुर्किँदै छन् । समूहका कतिपयले बिक्रीसमेत गर्न थालेको श्रेष्ठ बताउनुहुन्छ ।

“अनुदानले स्वरोरजगार बनाउन टेवा पु¥याएको छ”, उहाँले भन्नुभयो, “दैनिक १९ किलो मासु उत्पादन गर्ने दीर्घकालीन योजना छ ।”
समूहले उत्पादित मासुको बजार व्यवस्थापन गरिसकेको उल्लखे गर्दै उहाँले उत्पादित बाख्रा, पाठा घर–घरबाटै बिक्री हुन थालेको समूहका अर्की सदस्य दुर्गा विक बताउनुहुन्छ ।
आयोजनाकै अनुदानप्राप्त पोखरा महानगरपालिका–३१ चक्रदेवी गुणस्तरीय दूध उत्पादन केन्द्रले सम्झौताअनुसारका काम सम्पन्न गरी अनुदान सहयोगको सम्पूर्ण किस्ता भुक्तानी गरिसकेको छ । अनुदान सम्झौताअनुसार कुल लागत एक करोड ३३ लाखको ५० प्रतिशत अनुदान एवं स्वलगानी २० प्रतिशत र बैंकको ३० प्रतिशत ऋण लगानी गरी गाईगोठ निर्माण, गाई खरिद र आवश्यक मेसिन औजार खरिद गरिएको केन्द्रका व्यवस्थापक इन्द्रप्रसाद तिवारीले जानकारी दिनुभयो ।
आयोजानबाटै अनुदान प्राप्त गरी जिल्ला सहकारी सङ्घ लिमिटेड कास्कीले दुग्ध प्रशोधन केन्द्रको क्षमता विस्तार गरेको वरिष्ठ व्यवस्थापक भोजराज घिमिरेले बताउनुुभयो । विसं २०५७ देखि एक हजार लिटर दूध सङ्कलन, प्रशोधन र बजारीकरण गर्दै आएको केन्द्रले अनुदान सहयोग प्राप्त भएसँगै हाल दुई हजार पाँच सय लिटर दूध सङ्कलन, प्रशोधन र बजारीकरण गर्न थालेको छ ।
“उपआयोजनापूर्व दूध, दही र पनिर मात्र उत्पादन हुन्थ्यो, अनुदान सहियोगपछि आइसक्रिम, खुवा, मिठाईलगायत वस्तु पनि विविधिकरण गरिएको छ”, उहाँले भन्नुभयो । उपआयोजना सञ्चालनपश्चात ५० जनाले प्रत्यक्ष र एक सय जनाले अप्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।
आयोजनाअन्तर्गत गण्डकी प्रदेशका जिल्लामा कुल दुई सय ४१ अवधारणापत्र प्राप्त भएकामा एक सय ७८ फार्म एवं संस्था स्वीकृत भएको पूर्ण प्रस्ताव तालिम तथा मूल्याङ्कनपछि ७४ उपआयोजनासँग सम्झौता भएको विकेन्द्रीकरण आयोजना सहयोग एकाइ पोखराका निमित्त प्रमुख डा. प्रकाश अधिकारीले जानकारी दिनुभयो ।

मानसिक स्वास्थ्य-हाम ...

हाम्रो समाजमा हामी प्रायः मानिसलाई काम कस्तो चलिरहेको छ ...

नेता चोकमा झण्डा अना ...

मोरङ । १८ औँ गणतन्त्र दिवसको अवसर पारेर ग्रामथान गाउँपा ...

तालतलैया कला साहित्य ...

इटहरी । सुनसरीको इटहरीमा पनि साहित्यिक तथा सांस्कृतिक क ...

पत्रकार दीपक कार्की ...

इटहरी । ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला गराई आपसी ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]