लैंगिकमैत्री बजेट बनाउनुपर्नेमा सरोकारवालाको जोड

  • वैशाख २७, २०८० / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट लैंगिकमैत्री बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
लैंगिक विभेदमा आधारित हिंसा रोकथाम प्रतिकार्य परियोजनाको कार्यक्रममा बोल्ने वक्ताहरुले महानगरले बनाउने बजेट लैंगिकमन्त्री हुनुपर्नेमा जोड दिएका हुन् । युएनएपीए, आइपास नेपाल र भिएसओको सहयोगमा विराटनगर महानगरपालिकाले आयोजना गरेको कार्यक्रम एवीसी नेपाल, सीएमसी नेपाल र कोकनले सहकार्य गरेका थिए । कार्यक्रममा एवीसी नेपालकी कोशी प्रदेश संयोजक विष्णु शर्माले महानगरले लैंगिक हिंसाका क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेट लैंगिकमन्त्री बनाउन सुझावसमेत दिनुभयो । आइपासका कोशी प्रदेश संयोजक सरोज भुसाल र भिएसओका प्रदेश संयोजक सुनिलकुमार साहले विराटनगरमा लैंगिक विभेदमा आधारित हिंसा र रोकथामका विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मेयर नागेश कोइरालाले महानगर पुग्न नसकेका स्थानमा पुगेर विभिन्न गैरसरकारी संघसंस्थाले काम गरिरहेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले लैंगिक हिंसा रोकथाम र नियन्त्रणका लागि महानगरपालिका गम्भीर रहेको उल्लेख गर्नुभयो । त्यस्तै उपमेयर शिल्पा निराला कार्कीले महानगरको न्यायिक समितिमा धेरैजसो लैंगिक हिंसाका उजुरी आउने गरेको बताउनुभयो । उहाँले श्रीमान श्रीमतीबीचको विवादका उजुरी पनि धेरै आउने गरेको जानकारी दिनुभयो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइराला, महानगरको आर्थिक विकास महाशाखा प्रमुख दीपक पौडेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियालगायतले लैंगिक विभेदमा आधारित हिंसा रोकथामका लागि गैरसरकारी संघसंस्थाहरुको भूमिका महत्वपूर्ण हुने प्रस्ट पार्नु भएको थियो ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]