विराटनगर महानगरको आयोजनामा ई–हाजिरीसम्बन्धी तालिम

  • वैशाख २१, २०८० / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा ई–हाजिरी सम्बन्धी ६ दिने तालिम मंगलबारदेखि सुरु भएको छ ।
तालिमको महानगरकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले उद्घाटन गरिन् । तालिममा विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापक, वडा सचिव, फोकल पर्सन र आधारभूत स्वास्थ्य केन्द्रका कर्मचारीको सहभागिता रहनेछ । हरेक दिन ३० जनाको समूह बनाएर तालिम दिइने महानगरको सूचना प्रविधि शाखाका अधिकृत यादव श्रेष्ठले जानकारी दिए । तालिमलाई सम्बोधन गर्दै कार्यबाहक मेयर कार्कीले महानगरअन्तर्गतका सबै कार्यालयलाई व्यवस्थित र अनुशासित बनाउन ई–हाजिरी लागू गर्न लागिएको बताइन् । उनले अबदेखि विद्यालयसहित सबै वडा कार्यालय र स्वास्थ्य केन्द्रहरुमा ई–हाजिरी अनिवार्य रुपमा लागू गरिने प्रस्ट पारिन् । पहिलो दिन मंगलबार १ देखि ५ कक्षासम्म सञ्चालन हुने विद्यालयका प्रधानाध्यापकलाई तालिम दिइएको थियो । तालिममा महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत दीपक पौडेल, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, शैक्षिक प्रशासन महाशाखाका अधिकृत कृष्ण भट्टराईलगायतले ई–हाजिरीको महत्व र उपादेयताका विषयमा प्रकाश पारेका थिए । १८० जनाले तालिम दिने लक्ष्य रहेको श्रेष्ठले बताए । तालिममा सामान्य प्रशासन, शैक्षिक प्रशासन, स्वास्थ्य महाशाखाले समन्वय गर्नेछन् ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]