कार्यबाहक मेयर कार्कीद्वारा मुख्यमन्त्रीको ध्यानाकर्षण

  • वैशाख १८, २०८० / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाकी कार्यबाहक मेयर शिल्पा निराला कार्कीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की भेटेर आगामी आर्थिक वर्षको बजेटमा विराटनगरलाई प्राथमिकतामा राख्न आग्रह गर्नु भएको छ ।
प्रदेश सरकार आगामी आर्थिक २०८०–०८१ को बजेट निर्माणमा जुटेको छ । विराटनगर कोशी प्रदेश राजधानीसँगै एक मात्रै महानगरपालिका भएकाले बजेटमा उच्च प्राथमिकतामा राख्नुपर्ने कार्यबाहक मेयर कार्कीको भनाइ थियो । वडा नम्बर ८ का अध्यक्ष राम पोखरेल, कानुनी सल्लाहकार डिल्ली घिमिरे, सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलिया, इन्जिनियर अर्जुन थापालगायतलाई साथैमै लिएर मुख्यमन्त्री कार्कीलाई भेट्न पुगेकी कार्यबाहक मेयर कार्कीले ऐतिहासिक र आर्थिक नगरी भएर पनि विराटनगर पछि पर्दै गएको बताउनु भएको थियो । प्रदेश राजधानी भएकाले विराटनगरको विकासमा ध्यान दिन मुख्यमन्त्रीलाई बजेटमा प्राथमिकतामा राख्न आग्रह गरेको कार्कीका स्वकीय सचिव निश्चय मायालुले जानकारी दिनुभयो ।
सो अवसरमा प्रदेश सरकारले हालै ल्याएको स्थानीय सेवा गठन, सञ्चालन र सेवाका सर्तहरुको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेशप्रति कार्कीले असन्तुष्टिसमेत व्यक्त गर्नुभयो । उहाँले अध्यादेशका कारण कर्मचारीहरुले धमाधम राजीनामा दिइरहेकाले महानगरको कार्यसम्पादनमा समस्या भएको गुनासो गर्नु भएको थियो । कार्यबाहक मेयर कार्कीले स्थानीय सरकारसित छलफल र परामर्श नगरी ल्याएको अध्यादेश संशोधन हुनुपर्नेमा जोड दिएको स्वकीय सचिव मायालुले जानकारी दिनुभयो । सो अवसरमा मुख्यमन्त्री कार्कीले विराटनगरको विकास र समृद्धिमा आफू गम्भीर भएको प्रतिक्रिया दिनु भएको थियो । उहाँले आगामी आर्थिक वर्षको बजेटमा विराटनगरलाई प्राथमिकतामा राख्ने आश्वासन दिएको मायालुले बताउनुभयो ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]