जसपा अध्यक्ष यादव निर्वाचित

  • वैशाख १३, २०८० / नेपाल रेखा
alt

बारा । प्रतिनिधिसभा सदस्यमा बारा क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी हुनुभएको छ । गए राति मत गणना सम्पन्न हुँदा निकटतम् प्रतिद्वन्द्वीलाई पाँच हजार ८१ मतान्तरले पराजित गर्दै उहाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
विजयी उम्मेदवार यादवले २८ हजार चार सय १५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम् प्रतिद्वन्द्वी जनमत पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार तीन सय ३४ मत पाउनुभएको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिनुभयो ।
यस्तै नेकपा (एमाले) का पुरुषोत्तम पौडेलले १० हजार दुई सय १६ मत प्राप्त गर्नुभयो भने राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले दुई हजार आठ सय २९, आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले दुई हजार सात सय ३८ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीका सोनालाल साहले एक सय १९ मत, नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारीले एक सय नौ मत तथा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मुक्ति यादवले ६० मत पाउनुभयो ।
बारा क्षेत्र नं २ मा गत आइतबार भएको उपनिर्वाचनमा ६८ हजार आठ सय ८७ जनाले मतदान गरेका थिए । गत वर्ष मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जसपा अध्यक्ष यादव सप्तरी क्षेत्र नं २ मा जनमत पार्टीका अध्यक्ष डा सिके राउतसँग पराजित हुनुभएको थियो ।
बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएपछि सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो । निर्वाचित हुनुभएका जसपा अध्यक्ष यादवलाई गए राति नै मुख्य निर्वाचन अधिकृत उपाध्यायले प्रमाणपत्र वितरण गर्नुभयो ।

मानसिक स्वास्थ्य-हाम ...

हाम्रो समाजमा हामी प्रायः मानिसलाई काम कस्तो चलिरहेको छ ...

नेता चोकमा झण्डा अना ...

मोरङ । १८ औँ गणतन्त्र दिवसको अवसर पारेर ग्रामथान गाउँपा ...

तालतलैया कला साहित्य ...

इटहरी । सुनसरीको इटहरीमा पनि साहित्यिक तथा सांस्कृतिक क ...

पत्रकार दीपक कार्की ...

इटहरी । ज्येष्ठ नागरिकहरूलाई एकै ठाउँमा भेला गराई आपसी ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]