बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएर मात्र भर्ना

  • वैशाख ११, २०८० / नेपाल रेखा
alt

ढोरपाटन । बाग्लुङ जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोला गाउँपालिकामा हरेक वर्ष बालविवाह गर्ने बालबालिको सङ्ख्या बढ्दै गएको छ । गाउँपालिकाले पाँच वर्ष अगाडि बालविवाह न्यूनीकरण अभियान सञ्चालन गरेको थियो । अभियानले बालविवाहलाई केही कम गराए पनि अहिले फेरि पुरानै अवस्था पुगेको छ । अभियान सञ्चालनका वर्ष छ जोडीलाई गाउँपालिकाले छुटाई दिएको थियो । पछिल्लो समय कक्षा ८, ९ र १० मा पढ्ने बालबालिकाले विवाह गरी रहेको पाइएको छ ।
बालविवाह बढ्दै गएपछि यहाँका विभिन्न विद्यालयले भर्ना गर्न आउने अभिभावक र विद्यार्थीलाई प्रतिबद्धता जनाएर मात्रै भर्ना गर्न थालेको छ । वडा नम्बर २ स्थित जनजागृति माध्यमिक विद्यालय, वडा नम्बर ३ स्थित धन गौ ज्योति माध्यमिक विद्यालय, वडा नम्बर ५ स्थित शान्ति माध्यमिक विद्यालयलगायतले प्रतिबद्धता गराएर मात्रै विद्यार्थी भर्ना गरेका छन् । भर्ना गर्नुपूर्वनै अभिभावक र विद्यार्थीलाई भर्ना फारममा सही गर्न लगाएर प्रतिबद्ध नाइएको तमानखोला गाउँपालिका–३ स्थित धन गौ ज्याती माध्यमिक विद्यालयमा प्रधानाध्यापक रवीन्द्रकुमार बुढा मगरले बताउनुभयो ।
उहाँले पालिकाका अन्य विद्यालयमा पछिल्लो समय धेरै बालबालिकाले विवाह गरिरहेको हुँदा विद्यार्थी र अभिभावकलाई सचेत बनाउन भर्ना फारमको ढाँचानै परिवर्तन गरी भर्ना हुन आउनेलाई प्रतिबद्धता जहेर गर्न लगाइएको बताउनुभयो । बालविवाहसम्बन्धी जनचेतनामूलक कार्यक्रम गर्दै आएको हुँदा यस विद्यालयमा पहिलेको तुलनामा धेरै घटेको प्रअ बुढा मगर बताउनुहुन्छ ।
उहाँ भन्नुहुन्छ, “विगतमा धेरै बालबालिकाले विवाह गरे, अबदेखि कुनै पनि विद्यार्थीले बालविवाह नगरोस् र अभिभावकले आफ्ना नानी बाबुलाई सचेत र सजग बनाउन भन्ने हिसाबले यो शैक्षिक सत्रदेखि भर्ना गर्ने बेलामै अभिभावक र विद्यार्थीलाई सँगै राखेर सचेत बनाउने र प्रतिबद्धता व्यक्त गर्न लगायौँ, यसले बालविवाह रोकथाममा कही टेवा पुग्ने अपेक्षा गरेका छौँ ।”
तमानखोला–५ खुङ्खानीस्थित शान्ति माध्यमिक विद्यालयमा अध्ययन गर्ने तीन÷चार जोडी विद्यार्थीले बालविवाह गर्ने गरेका छन् । गत शैक्षिक सत्रमा मात्रै छ जना (तीन जोडी) बालबालिकाले विवाह गरेको विद्यालयमा प्रधानाध्यापक सत्यनारण सिंहले जानकारी दिनुभयो । उहाँले पटक–पटक अभिभावक र विद्यार्थीलाई बालविवाहबारेमा सचेत बनाए पनि कमी आउन नसकेको बताउनुभयो ।
“बालविवाह रोक्नका लागि धेरै प्रयास ग¥यौँ, गाउँपालिका पनि निकै लाग्यो, केही समय त रोकिन्छ तर पछि उस्तै अवस्था आइहाल्छ, अहिले पनि गर्दैछन् भन्ने सुनिएको छ”, उहाँले भन्नुभयो, “जसले बालविवाह गर्छ, उसलाई कानुनी दायरामा ल्याउने विद्यालयले एउटा कार्य विधि बनाएको छ, गाउँपालिका, विद्यालय व्यवस्थापन समिति लगातसँग सहकार्य गरेर न्यूनीकरणमा लागेका छौँ ।”
उहाँले यहाँ सबैभन्दा बढी दलित समुदाय रहेको र विदेश जाने तथा अरुको लहलहैमा लागेर विवाह गर्ने प्रचलन रहेको बताउनुभयो । आर्थिक अवस्था कमजोर, पुरानो रीतिरिवाजका कारणले गर्दा बालविवाह रोग्न चुनौतीपूर्ण रहेको उहाँको भनाई छ ।
वडा नम्बर २ बोङ्गादोभानस्थित जनजागृति माध्यमिक विद्यालयमा गत वर्ष छ जना बालबालिकाले विवाह गरेको प्रधानाध्यापक बेदबहादुर बुढा मगरले जानकारी दिनुभयो । उहाँले बालविवाह रोक्नका लागि अभिभावक र विद्यार्थीबीच समय–समयमा अन्तक्र्रिया गर्ने, सचेत बनाउने र किशोरी शिक्षा दिने गरिएको बताउनुभयो ।
तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बालविवाह अन्यत्य गर्नका लागि गाउँपालिकाले अभियान थाल्ने बताउनुभयो । अघिल्लो कार्यकालको सुरुमै बालविवाह न्यूनीकरणका लागि निर्वाधरुपमा लागेको हुँदा केही कम भए पनि अहिले फेरि समस्या आइरहेको बताउनुभयो । उहाँले गाउँ–गाउँ र विद्यालयमै पुगेर बालविवाहको बारेमा अभिभावक र बालबालिकालाई सचेत गराउने बताउनुभयो ।
उहाँ भन्नुहुन्छ, “भौगोविक विकटताका कारण अशिक्षा, गरिबीलगायका कारणले यहाँ बालविवाह हुने गरेको छ, पहिले–पहिले १५÷१६ वर्षमै विवाह गर्ने, चलन थियो, अहिले पनि त्यसैले निरन्तरता पाएको छ, यसलाई भङ्ग गर्नका लागि हामीहरुले केही कसरत गरेका छौँ, तत्कालै नभए पनि केही समयमा बालविवाहको अन्त्य हुनेमा हामीहरु आशावादी छौँ, शिक्षाको पहुँचमा नभएका बालबालिका र अभिभावकलाई बुझाउने काम पनि भएको छ ।”

तनहुँ जलविद्युत् आयो ...

तनहुँ । निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्यु ...

सुरक्षण मुद्रण केन्द ...

काभ्रेपलाञ्चोक। यहाँको पनौती नगरपालिका–५ धनेश्वरस ...

रानी नाकालाई व्यवस्थ ...

विराटनगर / नेपाल–भारतको प्रमुख प्रवेशद्वारका रूपम ...

इटहरीमा वर्षमान पुनक ...

इटहरी । नेपाली कम्युनिस्ट पार्टीले दुईमहिने राष्ट्रिय ज ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]