वैशाख १५ गतेदेखि खुल्ला रुपमा माछामासु बिक्री वितरण गर्न निषेध

  • वैशाख ८, २०८० / नेपाल रेखा
alt

विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले माछा–मासु बिक्री वितरणलाई पनि व्यवस्थित गर्ने भएको छ ।
पशु बधशाला तथा मासु जाँच ऐन–२०५५ ले खुल्ला रुपमा पशुपंक्षीलाई बध गर्न र बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको छ । विराटनगरका विभिन्न स्थानमा खुल्ला रुपमा माछामासु बिक्री गर्ने गरेको पाइएको छ । जसले गर्दा मानव स्वास्थ्यमा असर पर्नुका साथै बजारको सौन्दर्यकरणमा समेत ह्रास आएको छ । प्रदेशको राजधानीसँगै कोशी प्रदेशको एकमात्रै महानगरपालिका भएकाले पनि विराटनगरलाई व्यवस्थित गर्नु जरुरी रहेको मेयर नागेश कोइरालाले बताए । उनले विराटनगरभित्र छिर्ने जोकोहीले पनि आफू साँच्चिकै महानगरभित्र छिरेको महसुस गर्ने गरी कार्य भइरहेको सुनाए । “विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दायित्व सबैको हो,”मेयर कोइरालाले भने, “महानगरले सञ्चालन गरेका अन्य अभियानजस्तै माछा–मासुको बिक्री वितरणलाई व्यवस्थित बनाउने अभियानमा पनि विराटनगरवासीबाट साथ र सहयोग अवश्य प्राप्त हुनेछ ।”
महानगरले हाल सरसफाई, फुटपाथ नियन्त्रण, कर संकलन, नो पार्किङलगायतका अभियान जारी राखेको छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले वैशाख १५ गतेदेखि लागू हुनेगरी सार्वजनिकस्थल, खुल्ला ठाउँ, तोकिएको स्थान र क्षेत्रका साथै व्यवस्थित पसलहरूमा बाहेक पशुपंक्षी बध गर्न निषेध गरिएको बताए । विशेष गरी साप्ताहिक हाटबजारका साथै सडक छेउछाउ र चोकहरूमा खाट, टेबल, प्लाष्टिक ओछ्याएर भुइँमा राखेर खुल्ला रुपमा माछामासु बिक्री गर्ने गरिएको छ । “अबदेखि खुल्ला रुपमा माछामासु बिक्री गर्न पाइने छैन,” कोइरालाले भने, “ऐनले नै अव्यवस्थित र खुल्ला रुपमा पशुपंक्षीको बध गर्न र बिक्रीवितरण गर्न निषेध गरेको छ ।”
पशुपंक्षी शाखाका प्रमुख शुभनारायण यादवका अनुसार सार्वजनिक रुपमा सूचना प्रकाशित गर्नुका साथै माइकिङसमेत गर्न सुरु गरिएको छ । महानगरको निर्णय कार्यान्वयन नगरी अटेर गरेर खुल्ला ठाउँमा माछामासु बिक्रीवितरणका साथै पशुपंक्षी बध गरेको पाइएमा कडा कारबाही गरिने यादवले बताए ।

नवनियुक्त मुख्यमन्त् ...

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमा ...

इलाममा आजदेखि सूर्यो ...

इलाम। इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया ...

आयोगले थाल्यो स्थानी ...

काठमाडौँ। निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जु ...

चालु आवको तीन महिना: ...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाम ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]