पार्किङ निषेध गर्ने महानगरको निर्णय पुनः लागू

  • वैशाख ६, २०८० / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाले मुख्य सडकलाई पार्किङ निषेध गर्ने अभियानलाई निरन्तरता दिएको छ ।
पार्किङस्थललाई व्यवस्थित गर्न भन्दै केही समय स्थगित गरेको पार्किङ निषेध अभियानलाई महानगरले मंगलबारदेखि पुनः पूर्ववत् अवस्थामै कार्यान्वयनमा ल्याएको हो । मंगलबार शनि मन्दिरदेखि अस्पतालचोक, जलजलाचोकदेखि पञ्चमुखी हनुमान मन्दिर, ट्राफिकचोक आसपास र हिमालय रोडलाई पार्किङ निषेध गर्ने महानगरको यसअघिको निर्णयलाई कार्यान्वयनमा ल्याइएको छ । पार्किङ स्थलमा सिसी क्यामेरा र बत्ती जडान गर्नुका साथै गिट्टी राखेर सभ्याएर व्यवस्थित गरिसकेको नगर प्रहरीका प्रमुख राजन पौडेलले जानकारी दिए । व्यापारीहरुले पार्किङस्थललाई व्यवस्थित र सुरक्षित बनाउन माग गर्दै आएका थिए ।
व्यापारीहरुको माग सम्बोधन गर्दै केही समय पार्किङ निषेधलाई स्थगन गरेर महानगर सिसी क्यामेरा र बत्ती जडान गर्न भुइँमा गिट्टी हालेर सम्याएर व्यवस्थित गर्न लागेको थियो । सबै पार्किङस्थल व्यवस्थित भएकाले अब क्रमशः पूर्ववत् निर्णयलाई कार्यान्वयन गर्दै लगिने मेयर नागेश कोइरालाले बताए । उनले विराटनगरलाई व्यवस्थित बनाउने महानगरको अभियानमा साथ दिन आग्रहसमेत गरे । सुरुमा केही असहज र असजिलो महसुस भए पनि विस्तारै बानी हुँदै गएपछि सहज हुने उनको भनाइ थियो । विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा साथ दिन मेयर कोइरालाले विराटनगरवासीलाई आग्रह गर्दै आएका छन् ।

नवनियुक्त मुख्यमन्त् ...

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमा ...

इलाममा आजदेखि सूर्यो ...

इलाम। इलाममा आजदेखि दुई दिने ‘प्रथम सूर्योदय चिया ...

आयोगले थाल्यो स्थानी ...

काठमाडौँ। निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जु ...

चालु आवको तीन महिना: ...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनाम ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]