टेलिभिजनमा एक वर्ष

  • वैशाख २, २०८० / नेपाल रेखा
alt

खगेन्द्रजंग कार्की
कामले अनुभवी बनाउँछ । जुनसुकै क्षेत्रको अनुभव मानिसमा हुन आवश्यक पनि देखिन्छ । पूर्ण र दक्ष जनशक्ति बन्न लागि टेलिभिजन पत्रकारिता मेरा लागि थप उर्जाशिल बन्न पुग्यो । ०५१ सालमा सुरुची, विमर्श, नवजनप्रहार, सुनौलो नेपाल, हिमालय टाइम्स, स्पोर्टस् म्यागेजिन, विमोचन आदि काठमाडौंदेखिको पत्रकारिता मोफसलमा झापाको दमकको पूर्व सन्देश हुँदै आफैले सञ्चालन गरेको राष्ट्रिय युवा जागरण साप्ताहिक, युवा जागरण डट नेट, फाष्ट मिडिया नेपाल डट कम र समुन्द्रपारी कतारमा रहँदा प्रवास साप्ताहिक कान्तिपुर र राजधानीजस्ता प्रिन्ट मिडियाको अनुभव, लगाव, समय र उर्जाशिल त्यो उमेरलाई पछि भित्रिएको प्रविधिले घाँटी मै समाएर घिटिक घिटिक बनाईरहँदा बच्ने आधार भनेको श्रब्यदृश्य नै देखियो ।
बच्न भन्दा पनि आफूलाई प्रविधिमैत्री बनाउँदै त्यो क्षेत्रको अनुभव बटुल्न र आफ्ना अनुभव साट्ने प्लेटफर्मको रुपमा देखिएको टेलिभिजन पत्रकारिता गत साल आजकै दिनदेखि अर्थात वैशाख २ देखि इटहरीबाट एक दशक लामो इतिहास बोकेको दृश्यात्मक टेलिभिजन एरिनामा कार्यकारीको हैसियतबाट छिरेपछि एक वर्षे अनभुव हासिल भएको छ ।
पत्रकारिताका अनेकन अवयव पार गर्दै भोकतिर्खाका अनुभव छन् । पत्रकारिताभित्र मौलाएका विकृतिको डंगुर देख्दा लाग्छ पत्रकारिता अब यतिमै सीमित गरौं फेरि अर्को मनले भन्छ–यति लामो अनुभवका साथ पाएको इज्जत, प्रतिष्ठा र खर्चिएको उर्जाशिल उमेर हेर्दा गर्विलो क्षेत्र कसरी चटक्कै माया मार्नु ? त्यस कारणले पनि एरिनाले दिएको प्लेटफर्म मेरो लागि ४० कटेसी रमाउँला भने झै पत्रकारितामा उर्जाशिल तन्नेरी बनेर रमाउने स्थल बन्यो र बन्दैछ । जसका लागि स्माइल एरिना टेलिभिजन प्रा.लि.का प्रबन्ध निर्देशक समीर कार्की र समग्र टेलिभिजन परिवार धन्यवादको पात्र बन्नुभएको छ ।
पत्रकारिता त्यति सहज छैन । सामान्य रुपमा जसरी हलुंगो रुपमा सोचिन्छ त्यो भन्दा धेरै गरुङ्गो, धेरै माथिको उपादेयता र महत्व हुन्छ । पत्रकारिताको मर्म, भावना र सवैधानिक व्यवस्था अनुसार बुझ्न र बुझाउने गरियो, स्वच्छ, निष्पक्ष, सन्तुलित, नैतिकवान, विश्वसनीयता र जवाफदेहितासहितको पत्रकारिता गर्विलो, रसिलो र मलिलो पनि हुन्छ । तर यसलाई तोडमोड गरेर पैसा कमाउने वहाना मात्र बनाइयो भने त्यो पत्रकारिता विवादित मात्र हुँदैन व्यक्तित्व खरानी पनि बनाउन सक्छ । यो क्षेत्र सिकिरहने र सिकाइरहने क्षेत्र पनि हो भन्ने बुझेर समाजलाई उत्प्रेरणा जगाइरहने र केही न केही सिकाइरहने पत्रकारितालाई आत्मसाथ गर्न सकियो भने पत्रकारिता आफै गर्विलो बन्छ नत्र २, ४ जना स्वार्थी पत्रुकारको भाँडोमा मिसाएर खिँजडी बनाउँदै जो कोही राम्रो भनिएका पत्रकार पनि पंगु बन्ने दिन नआउँला भन्न कहाँ सकिएला र ?

१४ औ वार्षिक उत्सवको ...

डि पी ढुंगेल विराटनगर : विराटनगर महानगरपालिका - ४ ...

दलित सवालमा एकजुट भए ...

इटहरी । दलित समुदायले आफ्ना साझा मुद्दा पहिचान गरी साझा ...

दैनिक जीवनको तनाव: स ...

आजको व्यस्त जीवनमा तनाव हाम्रो दैनिक अनुभवको एउटा हिस्स ...

संविधान दिवस तथा राष ...

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]