कम्पास एभिएसन इन्टरनेशनल कलेज इटहरीद्वारा प्रशिक्षार्थीहरुसंग अन्तरक्रिया

  • चैत ३०, २०७९ / नेपाल रेखा
alt

इटहरी । कम्पास एभिएसन इन्टरनेशनल कलेज इटहरी शाखाले आफ्ना प्रशिक्षार्थीहरुलाई होटल भिजिट गराई अन्तरक्रिया गरेको छ ।
सुनसरी इटहरीको होटल सगरमाथामा वुधवार अन्तरक्रिया कार्यक्रम गरिएको हो । अन्तरक्रियामा संचारकर्मी, विभिन्न कलेजका शिक्षकहरु, सरकारी कर्मचारीहरु, सामाजिक क्षेत्रका व्यक्तित्वहरु सहभागि थिए ।
गत मंसिरदेखि संचालित कम्पास एभिएसन इन्टरनेशनल कलेज इटहरीमा ३२ जना प्रशिक्षार्थी रहेको कम्पास एभिएसनका कोसी प्रदेश कोअर्डिनेटर नवीन खवास (नवीन विकल्प) ले बताए । कलेजमा एयर होस्टेज, ग्राउण्ड ह्याण्डलिङ्ग, क्याविन कृयू विषयमा तालिम प्रदान गरिन्छ । कोअर्डिनेटर नवीनकाअनुसार यो कोर्स ९ महिने हुन्छ र ६० हजारमा कोर्ष पूरा हुन्छ । कोसी प्रदेशको दमकमा पनि यस किसिमको तालिम भइरहेको र त्यहाँ १४ जनाले तालिम लिइरहेको उनले जानकारी दिए । चितवन भरतपुरमा केन्द्रीय कार्यालय रहेको कम्पास एभिएसनको काठमाडौंको चक्रपथ र बाग बजारमा पनि तालिम केन्द्रहरु रहेका छन् ।
यी केन्द्रमा तालिम लिइएकाहरु अहिले इण्डीयन, कुवेत, बुद्ध, यतिलगायतका एयरलाइन्समा काम गरिरहेका छन् ।

COMPASS 1

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

अस्पतालको गेटमै शिशु ...

इनरुवा । सुनसरीमा अस्पतालमा समयमा उपचार नपाएको आरोपपछि ...

हुलाकलाई ‘सरकारी कुर ...

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]