जनप्रतिनिधिद्वारा कार्यालय सहयोगीमाथि विभेद

  • चैत १७, २०७९ / नेपाल रेखा
alt

अनिता परियार
आज राति निकै अबेरसम्म निन्द्रा परेन । मन बेचैन थियो । मेरो मानसपटलमा उनको मलिन मुहार घुमिरह्यो । संबिधानमा भएको बाध्यकारी ब्यावस्था अनुसार स्थानीय तहमा देशैभरी १४ हजार ४ सय ४५ जना महिलाहरु निर्वाचित भएका छन् । छ हजार भन्दा बढी दलित महिलाहरु छन् ।
उहाँहरुको काम कर्तव्य अधिकार र दायित्व सम्बन्धि प्रशिक्षण दिने प्रस्ताव आयो मैले स्वीकार गरे । केवल कोटामात्र पुर्याउने अबस्थाको अन्त्य गर्न पनि उहाँहरु सक्षम हुन जरुरी थियो । फेरि आफै सहभागी भैइ कयौं विवादको बिचमा (दुई महिला एक अनिवार्य दलित महिला) निर्मित संबिधानको ब्यबस्थालाई प्रभावकारी कार्यान्वयन गर्न पाउँदा हर्षित पनि छु । कार्यक्रम पछि खाना खाने क्रममा सबैलाई राम्रो सङ्ग नियाल्ने गर्थें । खुशी लाग्थ्यो दलित गैरदलित महिला जनप्रतिनिधिहरु एकआपसमा मिलिजुलि संगै खाना खानु हुन्थ्यो । मलाई लाग्यो अब विभेद निकै कम भयो । तर आज म झस्किएं सो पालिकाकी कार्यालय सहयोगी उनी मरिक (डोम समुदाय) थरकी हुन् । हिजो निकै फूर्तिलो गरि काम गरेकी उनी आज होटेलको एउटा कुनामा एक्लै बसिरहेकी देखें । आज उनी निकै गलेकी थकित र दुःखी देखिन्थिन् । अझ भनौ उनी डराइ रहेकी थिइन् । हामीले बोलायौं खाना खान आग्रह गर्यौं, असजिलो मान्दै बसिन् । उनीमा हिजो र आजको फरकपन देखेर मनमा कौतुअल जाग्यो । कार्यक्रम पछि कुरा बुझ्दा उनले छोएको खान घिन लाग्यो । फोहोर सफा गर्ने मान्छेले छोएको कसरी खानु भन्दै गैरदलित महिला जनप्रतिनिधिले उनलाई अपमान गरेको थाहा भयो । तिमीहरूलाई घिन लाग्दैन उसले छोएको खान भन्दै क्याम्पनिङ्ग नै गरिएको रहेछ ।
मैले नबुझेको सफा गर्ने फोहोरी कि फोहोर गर्नेहरु फोहोरी ? कति तुच्छ र निच छ हाम्रो समाज जो श्रमिक छ जो रात दिन एक गरेर पसिना बगाँउछ र आफ्नो पौरख खान्छ ऊ अछुत ऊ धिनलाग्दो तर जो अरुको मेहनत र पसिनामा रमाउछ, सात पुस्ता सम्मको श्रम र पसिनाको शोषण गर्दछ बडो इज्जत भएको सम्मानित, धिक्कार छ तिम्रो चेतनालाई ।
श्रीमानको मृत्यु पछि एक्लै दुई बच्चा दुःख गरेर पालन पोषण पढाई लेखाइ गरिरहेकी उनी यो त केही होइन म्याम कस्तो कस्तो अपमान सहेकी छु तपाई सुन्न सक्नु हुन्न भनी बताउछिन् । पल पल अपमानको घुड्को पिएर बाँच्नु र पाइला पाइलामा के भन्लान् कि भन्दै डराइ डराइ बाँच्नेहरुको मानसिक स्वास्थ कस्तो होला हामी अनुमान गर्न सक्छौ ? साठीलाख भन्दा बढी जनसंख्याको अस्वस्थ दिनचर्याले के देश अगाडि बढ्छ ?
(अनिता परियारको फेसबुक पेजबाट)

१४ औ वार्षिक उत्सवको ...

डि पी ढुंगेल विराटनगर : विराटनगर महानगरपालिका - ४ ...

दलित सवालमा एकजुट भए ...

इटहरी । दलित समुदायले आफ्ना साझा मुद्दा पहिचान गरी साझा ...

दैनिक जीवनको तनाव: स ...

आजको व्यस्त जीवनमा तनाव हाम्रो दैनिक अनुभवको एउटा हिस्स ...

संविधान दिवस तथा राष ...

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ का अवसर ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]