क्यामरुन क्लब सेमिफाइनलमा

  • चैत १४, २०७९ / नेपाल रेखा
alt

भोजपुर । भोजपुरमा जारी ‘छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकप प्रतियोगिताको क्वाटरफाईनलको खेल सम्पन्न भएको छ । क्वाटरफाइनलको अन्तिम सोमबारको खेलमा बशाहा युथ क्लब उदयपुरलाई चार गोल बोकाउदै एभिनीयर एफसी क्यामरुन विजयी भएको छ । क्यामरुनका जर्सी नं. १६ का नग्वीनीले खेलको ६ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यस्तै जर्सी नं. १० का तीम्बाले ६८ औँ मिनेटमा, जर्सी नं. १५ एन सन्गौँले ७३ औँ मिनेटमा र जर्सी नं. ४ का बोयोमोले ८० मिनेटमा गोल गरेपछि क्यामरुन सेमीफाईनलमा प्रवेश गरेको छ । यस्तै वसाहा युथ क्लबका खेलाडीले प्रतिश्पर्धात्मक खेलमा पोल एटेम निकै गरे पनि गोल भने गर्न सकेनन् । सोमबार भएको खेलमा क्याम्रुनका नग्वीनी म्यान अफ द म्याच घोशित भएका छन् । मंगलबारबाट सेमीफाईनलको खेल हुने जिल्ला फुटबल संघका अध्यक्ष प्रविन सुवालले बताए । चैत्र १६ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेताले उपाधी सहितनगद ५ लाख र उपविजेताले ३ लाख पाउने छन् । अर्जुन बस्नेतबाट

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

रसुवामा भीषण बाढी, स ...

रसुवा । रसुवामा आएको भीषण बाढीका कारण स्याफ्रुबेँसी, टि ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]