विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयता स्थापना भएपछि जनताले प्रत्यक्ष रुपमा विकासको अनुभूती गर्न पाएको बताएका छन् ।
नेपाल समाजशास्त्र सङ्घ काठमाडौं र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरद्वारा बिहीवार विराटनगरमा आयोजित अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले सङ्घीयता स्थापना पछि प्रदेशमा १५० भन्दा वढि विकास तथा पुर्वाधारका संरचना निर्माण गरि इतिहास कायम गरेको उल्लेख गरे ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकार स्थापना पछि पाँच बर्षको अवधिमा बहुबर्षे आठ सय किलोमिटर सडक कालोपत्रे भएको आगामी दुई वर्ष भित्र थप तीन सय किलोमिटर कालोपत्रे गर्ने योजना रहेको बताए ।
नेपालको लागि सङ्घीयता आवश्यक रहेको छ भन्दै यसको अभ्यासलाई व्यवहारिक बनाउनु पर्नेमा उनले जोड दिए ।
सङ्घीयतामा संविधानले प्रत्याभूति गरेको अधिकार प्रदेशलाई दिनुपर्ने उनको भनाई थियो ।
कार्यक्रमा वोल्दै गण्डकी विश्वविद्यालयका कुलपति प्रा.डा. गणेशमान गुरुङले रोजगारी र समृद्धि कायम गर्दै जनतालाई सङ्घीयताको अनुभूति दिनुपर्ने वताए।
समाजशास्त्रका उपाध्यक्ष विश्वकल्याण पराजुलीले नेपालमा सङ्घीयताः अवसर र चुनौति विषय कार्यपत्र प्रस्तुत गरेका थिए ।