प्रचण्डलाई कहिले बुझ्ने ?

  • फागुन ३०, २०७९ / नेपाल रेखा
alt

Prachanda

हुन त मान्छेको आ–आफ्नै विचार र आदर्श हुन्छ र त्यो समय सापेक्ष परिवर्तन पनि हुन्छ तर समग्रमा भन्दा कमरेड प्रचण्डजस्तो मान्छे यो युगले पाउनु नै हाम्रो र हाम्राजस्ता पिछडिएका मुलुकहरुको लागि गौरवको विषय हो । आज उनलाई जति घेराबन्दी गरेपनि जति सत्तोसराप गरेपनि उनी जत्तिको प्रष्ट समाजवादी दृष्टिकोण भएको नेता, विभिन्न हत्कण्डा सहदै सबैलाई डोहोर्याउदै अडिग र निर्भिकताका साथ अघि बढ्ने क्रान्तिकारी नेता आजसम्म मुलुकले पाएकै थिएन । वास्तवमा प्रचण्ड व्यक्ति होइन विचार हो ।
जसरी कार्लमाक्र्सको विचार विश्व कै उत्कृष्ट विचारमा मानिन्छ । उनको विचार कै कारण उनले पटक पटक देश निकाला हुनुपर्यो तर अन्ततः उनको विचारलाई विश्वले स्वीकृत गर्यो । उनी वैज्ञानिक समाजवादी दार्शनिक मात्रै थिएनन् एक महान समाजशास्त्री तथा अर्थशास्त्री पनि थिए । त्यसरी नै कमरेड प्रचण्डको योगदानलाई कमरेड लेनिन, कमरेड माओपछिको उपलब्धिको रुपमा किन नलिने । भलै क्रान्तिले पूर्णता पाउन सकेन जसले मुलुकलाई संसदीय भासमा पुर्यायो । आजको दलाल पद्धतिमा कुर्सीको छिनाझम्टिको कारण यो कुरा सबैले स्वीकार नगर्लान् तर इतिहासले अवश्य मुल्यांकन गर्नेछ । इतिहासको कंकाल खोतलेर क्रान्ति अघि बढ्नेछ, परिवर्तन र क्रान्ति कसैले चाहेर रोकिदैन ।
२१ औं शताब्दीका हामी मानवले यो बुझ्न जरुरी छ कि एक युगमा एक पटक आउँछ, उलटपुलट गरेर जान्छ हो यो युग कमरेड प्रचण्ड जस्तो महान योद्धाको युग हो र यो फेरि तुरुन्तै पाइदैन, यसको लागि कम्तिमा एक युग पर्खिनै पर्छ । यो मैले कुनै आग्रह वा पूर्वाग्रहमा भनेको होइन कि विश्व इतिहासले प्रमाणित गरेको कुरा हो ।
प्रचण्ड कुनै अलौकिक शक्ति पनि त होइनन् उनी पनि मान्छे नै हुन्। मान्छेका व्यक्तिगत कमिकमजोरी हुन्छन् । घरपरिवार, सहयोगी वा अनुयायीहरको व्यक्तिगत रुचि र आत्मगत तथा बाह्य परिस्थितिले पनि नेतृत्वलाई प्रभाव पारेको हुन्छ ।
यो विषयमा पहिलो पटक कमरेड प्रचण्ड प्रधानमन्त्री भएपछि एउटा मिडियाको अन्तर्वार्तामा वहाँलाई सोधिएको प्रश्न थियो “तपाईंले कसरी संविधानसभाको चुनाव हुनसक्छ भनेर ग्यारेन्टी गर्नु भयो र माओवादीको यतिधेरै मत ल्याउछ भनेर कसरी अनुमान गर्नु भयो भन्दा वहाँको जवाफ थियो । म अहिले सम्म त जनताको घरघरमा बस्छु वहाहरुको आवाज जस्ताको तस्तै सुनेको छु र बुझेको छु तर अब म वहाँहरुसंग हिजोकोजस्तै निरन्तर भेटघाटमा नहुन सक्छु र मलाई कस्तो सूचना संम्प्रेषण हुन्छ त्यसले प्रभाव पार्छ । वास्तवमा वहाँको भनाइमा सत्यता छ जब माओवादी पहिलो पटक सरकारमा गयो धेरै कुराहरुमा अनुभव थिएन त्यसपछि प्रतिक्रियावादीको निरन्तर आक्रमण र आफ्नै कमिकमजोरीको कारण निरन्तर ओह्रालो लागेको सत्य हो । यसमा जनतालाई आरोप लगाउने ठाउँ छैन ।
तर व्यक्तिगत सानातिना कमजोरीलाई लिएर समग्र उपलब्धिलाई केही हैन भन्ने तर्क चाहिँ केबल प्रचण्ड प्रतिको ईष्र्या र परिवर्तन प्रतिको अपमान मात्रै हो । त्यसमा पनि शान्ति सम्झौतामा टुङ्गो लगि सकेका विषयलाई उछाल्न खोज्ने जुन हर्कत भएको छ यो सबै सबैले नोटिस गरिरहेको विषय हो । यसले माओवादी प्रतिको सम्मान र आकर्षण दुबै वृद्धि भएको छ । जनताले आशा गरेको पाउन नसक्दा मात्रै माओवादीसंग र प्रचण्डसंग रिसाएका हुन् । अन्यत्र त आशा गर्ने ठाउँ पनि त छैन ।
वास्तवमा क्रान्ति पछि प्रतिक्रान्ति शक्ति पुरै नष्ट नहुदासम्मको अवस्थामा अवसरवादी विचौलिया र दलालीहरुको जन्म हुनु स्वभाविकै हो तर त्यसलाई चिर्न नसक्नु चाहि नेतृत्वको कमजोरी हो । आपसी इन्ट्रेस्ट नमिल्दा कोही पार्टी फुटाएर जाने, कोहि अर्को पार्टीमा प्रवेश गर्ने, कोहि नेतृत्वलाई घुर्क्याएर धम्क्याएर बस्ने, कोहि पार्टीको नाम बेचेर कमाउ धन्दामा लाग्ने आदि आदि कारणले माओवादी र मुल नेतृत्व प्रचण्ड माथि निरन्तर आक्रमण भइरहेको हो । यसो हुनु भनेको जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धि तथा यो व्यवस्था माथिको प्रहार हो जसले मुलुकलाई अस्थिरता र अन्धकार तर्फ धकेल्न चाहन्छ ।
संघिय गणतन्त्र नेपालको स्थापना लगायत मुलुको भविष्यलाई केन्द्रमा राखेर सबै जाती, लिङ्ग र समुदायलाई राज्यको मुलप्रवाहमा ल्याउने, महान काम जो प्रचण्डको नेतृत्वलमा भएको छ त्यसलाई उल्ट्याएर पुरानै सामान्ती सत्ता स्थापना गरेर एकछत्र राज गर्ने एउटा धार, प्रचण्डको त्याग र उनको महान ऐतिहासिक काम प्रतिको ईष्र्या गर्ने अर्को धार साथै विदेशी शक्तिले निरन्तर खेल जो खेलिरहेका छन् ।
अर्को बुझ्नुपर्ने विषय के पनि हो भने कसैले उनलाई घुर्क्याउने, धम्क्याउने र गालीगलौज तब गर्छन् जब प्रचण्डबाट केही अपेक्षा राख्छन् ।
तसर्थ समय र अवसरलाई बुझौ र अधिक उपयोग गरौ, देशमा समाजवाद स्थापनाको महान यात्रामा सच्चा कम्युनिष्ट, क्रान्तिकारी शक्ति तथा लोकतान्त्रिक शक्ति सबै सबै एकजुट भएर लागौं । शान्ति प्रकृयाका बाँकी काम चाडै पूरा गरौं । शान्ति प्रकृया भाँड्ने काम बन्द गरौ । जनताका जल्दाबल्दा समस्या सम्बोधन गरौ । दिगो विकास र सम्मुन्नत राष्ट्र निर्माण गरौं ।
(राधिका ओझाको फेसबुकबाट)

महिलाको दिनचर्या ...

सुनसरीको इनरुवा नगरपालिका–९ मा दाउराको भारी बोकेर ...

दाउरा संकलन ...

सुनसरीको कोसी ब्यारेज नजिक सप्तकोसी नदीको बाढीले बगाएर ...

फोनिजको स्थापना दिवस ...

बाबुराम मुडियारीमोरड । नेपाल आदिवासी जनजाति पत्रकार महा ...

सङ्खुवासभाको खाँदबार ...

मौसम खुलेपछि ड्रोन क्यामराबाट देखिएको सङ्खुवा ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]