प्रदेशको नामाकरण कोशी भारी मतले पारित

  • फागुन १८, २०७९ / नेपाल रेखा
alt

इटहरी । यस अघिको १ नं. प्रदेश सरकारले प्रदेशको नामाकरण गर्न नसकी ५ वर्ष समय व्यतित भएको थियो । मंसिर ४ गते प्रदेश सभाको निर्वाचन भए पछि नेकपा एमालेका नेता हिक्मत कार्की मुख्यमन्त्री बन्न पुगे । छोटो समयमा प्रदेशको नामाकरण गरेर प्रदेश सभाका सांसदहरुको समय बर्वादी हुनबाट बचाउने काम भएको छ । १ नं. प्रदेशको नामाकरणमा कोशी प्रस्ताव बहुमतले पारित भएको र प्रदेशमा निर्वाचन जितेर आएका सांसदहरु र सम्बन्धित दलका नेताहरु विचमा छलफल गराउँदा सहमति जुट्न नसके पछि निर्वाचन विधि अपनाइयो । निर्वाचनमा ९३ सदस्यीय प्रदेश सभामा बुधबार ८७ जना सांसद उपस्थित भएका थिए । सभामुख बाबुराम गौतमले प्रदेशको नाम कोशी राखिनु पर्छ भन्ने प्रस्तावका पक्षमा ८२ मत र विपक्षमा ४ मत परेको प्रदेश सचिवालायले जनाएको छ ।
प्रदेशको नाम कोशी राखिनुमा एमालेका सांसदले प्रस्ताव गरेकोमा प्रदेशले नाप्mनो नामाकरण गर्न प्रदेश सभासदहरुको दायित्व रहेको उल्लेख गरिएको थियो । १ नं. प्रदेशको नाम कोशी प्रदेश राखिनुका आधारहरु हजारौं वर्ष अघि विकिसित भएको हिन्दु धर्म, बौद्ध धर्मको दर्शन, किराँत सभ्यता, लिम्बुवान संस्कृति, मिथिला सभ्यता, कोच संस्कार, विराट क्षेत्रको इतिहास आदि संस्कार र संस्कृतिलाई समेट्ने गरी कोशी नदी तथा यसका शाखा नदीहरु हिमालबाट पहाड हुँदै तराईसम्म बग्ने गरेका कोशीको ऐतिहासिक महत्व रहेको कोशी आफैंमा ठूलो धार्मिक स्थल भएकोलाई थिएको छ । साथै धार्मिक तथा जातजाति, भाषा, संस्कार, संस्कृति आदिको विकास भएबाट प्रदेशको नामाकरणमा कोशी प्रदेश प्रस्ताव गरिएको जनाइएको थियो । कोशी नाम प्रस्ताव भए पछि सांसदहरुले कोशी प्रदेश नामाकरण गर्न लागिएको स्पष्ट गरिएको थियो । कोशी प्रदेश हरेक दृष्टिकोणले उपयुक्त भएकाले नै पक्षमा ८२ मत परेको देखिन्छ भने विपक्षमा ४ मत परको देखिन्छ ।
प्रदेशको नामाकरणमा १ नं. प्रदेशवासीहरु, विभिन्न संघ संस्थाहरुले विभिन्न नामहरु प्रस्ताव गरेकामा अधिकाँशले कोशी, सगरमाथा, विजयपुर, विराट आदि नामले सामाजिक संजालमा अत्यधिक चर्चा पाएको थियो । प्रदेश सभासदहरुले आम मानिसको जनभावनाको कदर गरेर नै कोशी प्रदेशमा ८२ मत परेको देखिन्छ । प्रदेश सरकारले सके समम सहमति गराउनु पर्ने थियो सहमति हुन नसके पछि निर्वाचन गराउन वाध्य हुनु प¥यो । कोशी प्रदेशको नामाकरणमा विरोध जनाउने महानुभावहरुको विरोध जनाउने अधिकारको कुरा हो बुद्धिमानी के हुने थियो भने अन्य कुनै नामको प्रस्तावमा सबै जनतालाई सम्झाएर बुझाएर विवाद रहित बनाउनु सक्नु पर्ने थियो । आखिर कुनै नाम एकमत बाट पारित हुने नदेखिए पछि कोशी प्रदेश बढीले पारित गरिएको मतदान प्रकृयाबाट प्रष्ट भएको छ । लोकतन्त्रमा जहिले पनि बहुमतको कदर गर्नु पर्ने हुन्छ यसमा कोशी प्रदेश नामाकरणमा पक्षमा केही को विमति भए पनि अधिक प्रदेशवासीको सहमति रहेको पाइन्छ ।
नदीका नाममा कर्णाली प्रदेश र गण्डकी प्रदेश पनि रहेकाछन् यसलाई सकारात्मक ढंगले लिनु राम्रो होला भोलिका दिनमा जनमत तयार भएको खण्डमा दुई तिहाई बहुमतले प्रदेशको नाम फेर बदल गर्न सकिने छ । यस अर्थमा पनि जनमत तयार गरेर प्रदेशवासी सबैको जनजिब्रोले उच्चार गर्न रुचाउने र कर्णप्रिय प्रदेशको नाम फेरिन सक्छ । हामीले प्रदेशको नाममा भन्दा पनि हाम्रो भाषा, संस्कृति, भेषभुषा, संस्कार, रोजगारका अवसरहरु, शिक्षा, स्वास्थ्य, सुरक्षा आदिलाई ध्यान दिनु पर्ने हुन्छ । ७ प्रदेशमा कोशी प्रदेश हर क्षेत्रमा अगाडी छ, साधनस्रोत सम्पन्न छ, अन्य प्रदेशको तुलनामा शिक्षामा आगाडी छ, व्यापारमा अगाडी छ ।
कोशी प्रदेशवासीको ध्यान अब कसरी सम्पन्न बन्ने ? कसरी सभ्य बन्ने, कसरी रोजगारका नयाँ नयाँ अवसरहरु ल्याउने ? विकास निर्माण, पर्यटनमा कसरी अब्बल बनाउने तर्फ ध्यान जानु पर्छ कोशी पदेश नामाकरण भए पछि अब हामी यसको जनसंख्या, भूगोल, विकास निर्माण, जात जातिका भेष भुषाहरु, धर्म संस्कृतिको संरक्षण, मात्रृभाषामा शिक्षा आदिका लागि हामीले पहल गर्नु पर्ने हुन्छ । कोशी प्रदेश जलश्रोतको धनी प्रदेश भएकाले विद्युत उत्पादन गरेर नेपालीहरुको आय आर्जन सहज रुपमा बृद्धि गर्न सकिने छ । कोशी प्रदेशमा यति धेरै भाष भाषि छौं कि हामीले आप्mनो भाषा, संस्कृतिलाई कसरी देशमा प्रख्यात बनाउने नेपाली संस्कृति, भेषभुषा आदिलाई विश्वमा कसरी चिनाउने? कसरी विदेशी पर्यटकहरुलाई आकर्षण गर्ने ? कोशी प्रदेशका धार्मीक स्थलहरुलाई कसरी विश्व व्यापी बनाउने आदि कुरामा कोशी प्रदेशवासीको ध्यान जानु पर्छ । कोशी प्रदेशवासी समृद्धितर्फ उन्मुख हुने हो वा सबै भन्दा गरिव र गए गुज्रेको बन्ने हो हामी कोशी प्रदेशवासीमा निर्भर रहन्छ । हामीले के बुझ्नु पर्छ भने सानो कुरामा अल्झेर कर्त ठूलो कुरा गुम्ने हो की यस तर्फ कोशी प्रदेशवासी सजग हुन आवश्यक देखिन्छ ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]