इटहरी उपमहानगर विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्दै

  • फागुन १७, २०७९ / नेपाल रेखा
alt

इटहरी । इटहरी उपमहानगरपालिकाले दुई हजार अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिने भएको छ ।
उपमहानगरले अति विपन्न परिवारलाई नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रममा आवद्व गराउने उदेश्यले निःशुल्क बीमा गरिदिने भएको हो ।
इटहरी उप–महानगरपालिकाको मेयरमा हेमकर्ण पौडेल निर्वाचित भएर आएसँगै ‘सबैका लागि, सँधैका लागि’ स्वास्थ्य भन्ने नारालाई अवलम्बन गर्दै स्वास्थ्यमा नगरबासीको पहुँच वृद्वि गर्दै लैजाने नीति तथा कार्यक्रम अन्तरगत बीमा कार्यक्रम सुरु गरेको हो ।
अहिले वडाको ९० जना अति विपन्न परिवारको तथ्याङ्क संकलन गरि बीमा कार्यक्रम सुरु गरिएको हो ।
साधारण स्वास्थ्य समस्याको उपचारमा समेत पहुँच नभएका अति विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा गराउने निर्णय गरेको मेयर पौडेलले बताए । पौडेलका अनुसार नगरभित्रका अति विपन्न परिवारले निःशुल्क स्वास्थ्य बीमा पाउन वडाबाट सिफारिस भएर आउनु पर्नेछ ।
‘यहाँका धेरै विपन्न नागरिकले स्वास्थ्य बीमा गरेकै छैनन्,’ उनले भने, ‘जसकारण औषधि उपचार गर्न निकै असहज बनिरहेको छ, अब स्वास्थ्य बीमा कार्ड लिएर स्वास्थ्य सेवा लिन आउनेले सहज सुविधा पाउँछन् ।’
भवितव्य रूपमा आइपर्ने आर्थिक संकटलाई समाधान गर्ने भएकोले नगरभित्रका गरीब तथा विपन्नहरूको निःशुल्क बीमा कार्यक्रम सञ्चालनमा ल्याएको मेयर पौडेलले बताए । विशेषतः आर्थिक रूपमा कमजोर भएका घरपरिवार बीमाको सेवाबाट टाढा रहेका छन् ।
तीनै घरपरिवारलाई मध्यनजर गर्दै आफ्नोे घोषणापत्रमा समेटिएका स्वास्थ्य बीमा सञ्चालनमा ल्याएको उनको भनाई छ । अति विपन्न, दलित, एकल महिला, अति अशक्त र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क बीमा गर्ने बताइएको छ ।
वडा कार्यालयसँगको समन्वयमा घरबाटै बीमामा आवद्व हुने व्यवस्था गरिएको उपमहानगरले जनाएको छ । बीमाकर्ताहरूको समन्वयमा घरमै पुगेर पाँचजना सम्मको परिवारको लागि ३५ सय रुपैयाँ तिरेर बीमा गर्ने गरेको बताइएको छ ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]