प्रेस सेन्टर सुनसरीद्वारा स्थापना दिवसमा बिद्यार्थीलाई दिवा खाजा र शैक्षिक सामग्री वितरण

  • माघ १६, २०७९ / नेपाल रेखा
alt

धरान । प्रेस सेन्टर नेपाल सुनसरीले धरान–१६ स्थित पन्चायत आधारभूत बिद्यालय (भकारी स्कुल) का विद्यार्थीलाई आइतबार शैक्षिक सामग्री वितरण गर्नुका साथै खाजा खुवाएर १९ औं स्थापना दिवस मनाएको छ ।
आधिकांश सुकुम्बासी बस्तिका विद्यार्थीहरु अध्ययन गर्ने यस बिद्यालयमा एक कार्यक्रमको आयोजना गरि प्रेस सेन्टर सुनसरीले आफ्नो स्थापना दिवस मनाएको हो । कार्यक्रमका प्रमुख अतिथी सेन्टरका केन्द्रीय उपमहासचिव राजन केडी, सेन्टरका केन्द्रीय सदस्य केशव घिमिरे, सन्चार बिज्ञ एवम बामपन्थी बिश्लेषक राजेन्द्र किराँती, अग्रज पत्रकार हर्ष सुब्बा लगायतले बिद्यार्थीहरुलाई शैक्षिक सामग्री र खाजा बितरण गरे ।
श्रमजीवी पत्रकारहरुको पक्षमा वकालत गर्दै आएको प्रेस सेन्टरले आफ्नो स्थापना दिवसमा देसभर विभिन्न रचनात्मक कार्यक्रमको आयोजना गरि मनाउदै आएको उपमहासचिव केडीले बताए । उपमहानगरमा भएर पनि सन्चार माध्यम र सम्बन्धित निकायको ध्यान नपुगेको यस बिद्यालयलाई सहयोग गरेर स्थापना दिवस मनाउनु राम्रो काम भएको वरिष्ठ पत्रकार हर्ष सुब्बाले बताए । त्यस्तै सेन्टरका केन्द्रीय सदस्य केशब घिमिरेले प्रेस सेन्टरको स्थापना दिवसमा यस बिद्यालयलाई शैक्षिक सामग्री सहयोग गरि बिद्यालयको दुरावस्थाको बारेमा सम्बन्धित सबै पक्षको ध्यानकर्षण गराउन यो कार्यक्रम गरिएको बताए ।
माओवादी केन्द्र धरानका अध्यक्ष एवम धरान–१७ का वडा अध्यक्ष सूर्यबहादुर (मनोज) भट्टराईले प्रायः कतिपय सङ्गठनको बार्षिकोत्सब एउटा बन्द हलमा शुभकामना आदान प्रदान गरेर मनाउने हुदा प्रेस सेन्टरले बिद्यालयलाई सहयोग गरि फरक ढङ्गले स्थापना दिवस मनाउनु अन्यका लागि उदाहरणीय काम भएको बताए । बिद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद भट्टराईले उपमहानगरमा भएर पनि पन्चायत आधारभूत बिद्यालय बत्ती मुनिको अँध्यारो भएको बताए । बिद्यालयको अबस्था नाजुक भएकाले सन्चार माध्यम मार्फत यहांका समस्याहरु उजागर गरिदिन प्र.अ.भट्टराईले आग्रह गरे ।
९५ प्रतिशत भन्दा बढी सुकुम्बासी बस्तिका बिद्यार्थीहरु अध्ययन गर्ने यस बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई थोरै भए पनि शैक्षिक उन्नयनमा सहयोग पुगोस् भन्ने उद्देस्यले शैक्षिक सामग्री बितरण गरेर स्थापना दिवस मनाएको सेन्टरका सुनसरी जिल्ला अध्यक्ष तिर्थ कार्कीले बताए । कार्यक्रममा सेन्टरका केन्द्रीय सदस्यद्वय अर्जुन शर्मा र श्रीशीशा राई, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राई, माओवादी केन्द्रका धरान नगर इन्चार्ज फोक्वाहाङ सुब्बा (चोत्लुङ), सेन्टरका १ न. प्रदेस समिती अनुशासन बिभागका संयोजक गोबिन्द बस्नेतको उपस्थिति थियो । त्यस्तै समाजवादी प्रेस सङ्गठन १ नं. प्रदेशका सचिब एबम नेपाल पत्रकार महासङ्घ सुनसरीका सह–सचिव भोला श्रेष्ठ, सेन्टर प्रदेश समिती सदस्य सन्जय याखा, प्रेस युनियन धरानका अध्यक्ष मातृका नेपाल लगायतको उपस्थिति थियो । कार्यक्रममा सेन्टरका सुनसरी जिल्ला उपाध्यक्ष अनिता रसाईलीले स्वागत मन्तव्य राखिन् । कार्यक्रमको सन्चालन सेन्टरका धरान उपमहानगर अध्यक्ष बिनोद बिश्वकर्माले गरे ।

kd pcn sunsari 2

 

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]