जनयुद्ध दिवसको अवसरमा पूर्व जनमुक्ति सेनाको पुनःमिलन हुने

  • माघ १४, २०७९ / नेपाल रेखा
alt

इटहरी । पूर्वजनमुक्ति सेना नेपाल १ नम्बर प्रदेश समितिले पुनःमिलन कार्यक्रममा आयोजना गर्ने भएको छ ।
जनयुद्धमा सहभागि भई पूर्वका विभिन्न लडाई साथै राजनीतिक मोर्चाहरुमा योगदान गरेका कमाण्डर साथै सदस्यहरुलाई एकै ठाउँ भेला गरी सोही युद्धमा हासिल गरेका लडाईं र राजनीतिक अनुभव साटासाट गर्ने उद्देश्यले पुनःमिलन कार्यक्रम आयोजना गरिएको बताइएको छ ।
झापाको दोमुखामा फागुन १ गते हुने पुनःमिलन कार्यक्रममा वनभोज पनि हुनेछ । जनयुद्ध दिवसको अवसरमा यस्तो मोडलको कार्यक्रम आयोजना गरिएको पूर्व जनमुक्ति सेना नेपाल १ नं. प्रदेश सचिव प्रदीपकुमार श्रेष्ठ (सौगात) ले बताए ।
सो कार्यक्रमको संयोजक नारद दुःखी र सचिव प्रकाश राई (गौरव) रहेको श्रेष्ठले बताए । कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न जनयुद्ध प्रतिष्ठानका अध्यक्ष संसार राई र सचिव रुपन फागोले पनि विशेष साथ, सहयोग दिने बताइएको छ । कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष रामकुमार राई (राजेश) को उपस्थिति रहनेछ ।
पूर्व जनमुक्ति सेनाले संचालन गरेको फेसबुक ग्रुप PLA नेपालमा कार्यक्रमको व्यवस्थापनबारे विभिन्न व्यक्तिहरुले आ–आफ्ना धारणा राखिरहेका छन् । धारणा राख्ने क्रममा सिन्धुलीका सविन दाहाल सहयोगीले पूर्वमा आएर रगत पसिना बगाउने सबैलाई सो कार्यक्रममा सम्झिनु पर्ने माग राखेका छन् । यो ग्रुपमा पूर्व जनमुक्ति सेनाहरुले आफूहरु अहिले कसरी जिउनु परिरहेको छ भन्ने भावनाहरु पनि व्यक्त गर्ने गरेका छन् ।
पूर्व जनमुक्ति सेनाका घाइते, अपाङ्गता योद्धाहरुले विभिन्न मागहरु पटक पटक सरकारसंग राख्दै आएका छन् । फागुन १ गते हुने पुनःमिलन तथा वनभोज कार्यक्रममा पनि युद्धका घाइतेहरुको उचित र निःशुल्क उपचार हुनुपर्ने, जीवन निर्वाह भत्ता बृद्धि गर्नुपर्ने, राष्ट्रका लागि योगदान गरेको पहिचान सहितको परिचय पत्रको व्यवस्था गरिनुपर्नेजस्ता सवाललाई व्यवस्थितरुपमा छलफल गरी यी सवाललाई सार्थक रुप दिने दिशामा अघि बढ्ने सचिव प्रदीपकुमार श्रेष्ठ (सौगात) ले बताए ।

pla nepal 1 pla nepal 2

 

बिक्री गर्दै बाँसका ...

जनकपुरधाम उपमहानगरपालिका-६ पेठिया बजारमा बाँस ...

बूढीगण्डकी नदीकाे बा ...

बाढी आएपछि गोरखास्थित बूढीगण्डकी नदी आसपास क् ...

अस्पतालको गेटमै शिशु ...

इनरुवा । सुनसरीमा अस्पतालमा समयमा उपचार नपाएको आरोपपछि ...

हुलाकलाई ‘सरकारी कुर ...

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिना ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]