नेपाली कृषि उत्पादन भारतीय बजारमा पुर्याउनु पर्नेमा जोड जिविका फर्मर स्कूलमा विचार गोष्ठि

  • माघ ७, २०७९ / नेपाल रेखा
alt

झुम्का । नेपाल भारत मानव विकास एवम् मैत्री संघ काठमाडौं र जिविका कृषि सहकारी संस्था लि.रामधुनी सुनसरीको आयोजनामा कृषि प्रवद्र्धनमा नेपाल भारतबीच सहकार्यको विचार गोष्ठीको आयोजना गरिएको छ ।

रामधुनी–६ मा संचालित जिविका कृषि सहकारीद्वारा संचालित जिविका फार्मर स्कूलको सभाहलमा भएको कार्यक्रममा डा. ऋषिराम कट्टेलले नेपालमा कृषि रणनीति र नाफामुलक कृषिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहभागि विज्ञहरुले नेपालको उत्पादन प्रणालीलाई आत्मनिर्भर बनाउने नीति, कार्यक्रम ल्याउनु पर्ने बताएका थिए । कार्यक्रमका नेपालमै उत्पादन गर्न सकिने र भइरहेका खाद्यन्न उत्पादनलाई विस्थापित गर्नेगरि बाहिरबाट आएको खाद्यन्नले बजार कब्जा गर्दा ठुलो मात्रामा अर्थतन्त्र बाहिरिएकोप्रति चिन्ता व्यक्त गरिएको थियो । यस्तो पारिपाटीलाई अन्त्य गर्न भारतीय बजारमा नेपाली उत्पादन पुर्याउन नेपाल भारत मानव विकास एवम् मैत्री संघले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्ने सुझाव कृषि विज्ञ प्राध्यापकहरु सुरेश प्रसाईं र मात्रिका जमरकट्टेलले दिए ।
त्यसैगरि सुनसरीका मानव अधिकारकर्मी रमेश भट्टराईले कुनै पनि विषयमा कार्यपत्रहरु तयार गर्दा नेपाल सरकारको विकास नीतिभित्र रहेर तयार गर्नुपर्ने सुझाव दिए ।
साथै कार्यक्रममा रामधुनी नगरपालिकाका प्रमुख शंकरलाल चौधरी नगर क्षेत्रमा संचालित यस स्कूललाई आफूहरुले सहयोग गर्दै सहकार्य गर्न तयार रहेको बताए । त्यसैगरि बराहक्षेत्र नगरपालिकाका निवर्तमान प्रमुख निलम खनालले जग्गा बाँझो राख्ने प्रवृतिको अन्त्य हुनु पर्ने बताए । खनालले किसानले उत्पादन गरेको वस्तु सरकारले खरिद गर्नुपर्नेमा जोड दिए ।
विचार गोष्टीमा नेपाल भारत मानव विकास एवम् मैत्री संघका अध्यक्ष सूर्य भुसालले समृद्ध नेपाल बनाउन भारतको सहयोग लिन आवश्यक रहेको भन्दै त्यसको लागि आफूले सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।
जिविका कृषि कलेजका व्यवस्थापक शिवकुमार डाँगीले ग्रामिण क्षेत्रका प्रौढ र युवाहरुको कृषि सम्बन्धी ज्ञान, सिप, क्षमतामा आमूल परिवर्तन ल्याउनु सहकारी उद्देश्य रहेको बताए । डाँगीका अनुसार फार्मर स्कूल परिसरको ९ विगाहा जमिनमा बेमौसमी तरकारी उत्पादन र प्रशोधन, बाख्रापालन, दुग्द्यजन्य उत्पादन, ग्रामिण पशु स्वास्थ्य कार्यकर्ता उत्पादनजस्ता कार्यक्रम संचालन गरिएको छ ।
साथै तालिमको लागि उपलब्ध फार्म तथा प्रयोगशालाहरु, जनशक्ति र प्रशिक्षार्थीको योग्यताजस्ता कार्यक्रम पनि संचालन गरिएको छ ।
संस्थाले कृषि तथा वनविज्ञान विश्वविद्यालयबाट सम्बन्धन लिनएर कृषि विषयमा स्नातक तहको अध्यायनसमेत गराइरहेको छ ।
कार्यक्रममा प्राध्यापक डिल्ली सेढाईंले स्वागत मन्तव्य राखेका थिए भने सभापतित्व सहकारीका उपाध्यक्ष नवराज चापागाईंले गरेका थिए ।

jibika

उद्वार तथा राहतका ला ...

उद्वार तथा राहतका लागि रसुवाको धुञ्चेमा बुधबा ...

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]