वडास्तरीय योजनाहरुको सम्झौता म्याद माघ मसान्तसम्म थप्ने निर्णय

  • माघ ४, २०७९ / नेपाल रेखा
alt

विराटनगर । विराटनगर महानगरपालिकाले उपभोक्ता समितिमार्फत योजना सञ्चालनका लागि सम्पूर्ण वडास्तरीय योजनाहरुको म्याद थप गर्ने निर्णय गरेको छ ।
नगर कार्यपालिकाको बैठकले माघ मसान्तसम्म योजनाहरुको म्याद थप गर्ने निर्णय गरेको हो । यसअघि असोज १२ गते बसेको नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष २०७९।०८० को स्वीकृत नीति, कार्यक्रम तथा बजेट पुस १५ गतेभित्र सम्झौता गरिसक्ने निर्णय गरेको थियो । तर, बीचमा चाडपर्वलगायतका कारण तोकिएको समयसीमाभित्र सम्झौता हुन नसकेकाले नगर कार्यपालिकाको बैठकले म्याद थप गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिए । “यसअघि तोकिएको मितिभित्र वडास्तरीय योजनाहरुको सम्झौता हुन नसकेका कारण माघ मसान्तसम्म म्याद थप गर्ने नगर कार्यपालिकाको बैठकले निर्णय गरेको छ,” कोइरालाले भने ।
त्यस्तै बैठकले साना र पुराना सडकहरुको यथास्थितिकै अवस्थामा वडास्तरीय योजनाहरु कार्यान्वयन गर्नेसमेत निर्णय गरेको छ । बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने क्रममा महानगरपालिकाले तोकेको सडक मापदण्डभन्दा साना र पुराना सडकहरुमा मापदण्डका कारण कार्यान्वयनमा समस्या उत्पन्न भएको र मापदण्डबमोजिम सडक विस्तार गर्दा स्थानीयको घरजग्गा नै बाँकी नरहने अवस्थासमेत देखिएको हुँदा हाललाई ती सडकहरुको यथास्थितिकै अवस्थामा वडास्तरीय योजना कार्यान्वयन गर्ने निर्णय भएको कोइरालाले जानकारी दिए ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]