शीतलहर र हिमपातबाट जोगिन मन्त्रालयको आग्रह

  • पुस १०, २०७९ / नेपाल रेखा
alt

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शीतलहर र हिमपातको जोखिमबाट बच्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारी केही समययता चिसोसँगै शीतलहर र हिमपातले जनजीवनमा असर पार्ने भएकाले त्यसबाट बच्न आग्रह गरिएको जानकारी दिए । काठमाडौँमा आज यस वर्षकै सबैभन्दा बढी चिसो मापन गरिएको छ । यहाँको न्यूनतम तापक्रम आज चार दशमलव पाँच डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
चिसोबाट बच्न शरीरको सबै भाग ढाक्नेगरी बाक्लो तथा न्यायो लुगा लगाउन, कोठा न्यानो पार्न र पर्र्याप्त हावा ओहोरोदोहरो हुने व्यवस्था गर्न मन्त्रालयले आग्रह गरेको छ । शीतलहर र हिमपातबाट बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती महिला तथा दीर्घरोगीलाई बचाउनुपर्दछ ।
यस्तै आमाको दूध खाने बच्चालाई नियमितरुपमा स्तनपान गराउन, तातो तथा पोषिलो झोल पदार्थ प्रशस्तमात्रामा सेवन गराउन र धुमपान तथा मध्यपान नगर्न मन्त्रालयको आग्रह छ ।शीतलहर तथा चिसोमा मुटु रोग, हृदयघात, फोक्सो तथा श्वासप्रश्वासमा समस्या, बालबालिका तथा ज्येष्ठ नागरिकमा निमोनिया, ज्वरो आउने, झाडापखला लाग्ने, दम बढ्ने, रुघाखोकी, घ्यारघ्यार, श्वास फेर्न कठिनाइ हुनेजस्ता समस्या देखिने गर्दछन् ।
मन्त्रालयले यस्ता समस्या देखिए तुरुन्तै नजिकैको स्वास्थ्य सङ्ख्यामा सम्पर्क गर्न अनुरोध गर्दै सुत्ने कोठामा आगो, हिटर, मकल, कोइला, ब्रिकेट, आदि बाली झ्याल ढोकाबन्द गरेर नसुत्नसमेते आग्रह गरेको छ ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]