पाँचथरमा प्रदेशसभाका दुवै क्षेत्रमा गठबन्धनका जवेगु र आङ्बो विजयी

  • मंसिर ८, २०७९ / नेपाल रेखा
alt

फिदिम । पाँचथरको प्रदेशसभा सदस्यतर्फका दुवै क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
प्रदेशसभा (१) तर्फ नेकपा (एकीकृत समाजवादी) का कमलप्रसाद जबेगु विजयी भएका छन् । जबेगुले १६ हजार आठ सय ३७ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा(एमाले) का राजकुमार भण्डारीले १६ हजार दुई सय चार मत प्राप्त गरे । जबेगु एकीकृत समाजवादीको जिल्ला अध्यक्ष तथा भण्डारी एमालेको जिल्ला अध्यक्ष हुन् ।
यस क्षेत्रमा सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सागर केरुङले एक हजार छ सय ३४, राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमनाथ बजगाईँले एक हजार तीन सय २३, जनता समाजवादी पार्टीका मचिन्द्रप्रसाद बेघाले नौ सय ४१, स्वतन्त्र उम्मेदवार सञ्चकुमार केरुङले छ सय तीन, मङ्गोल नेशनल अर्गनाइजेशनका मनकुमार गुरुङले छ सय ३९, राप्रपा नेपालका नेत्रकुमार बस्नेतले दुई सय ४४, राष्ट्रिय जनमुक्ति पार्टीका दुर्गाप्रसाद साँवाले एक सय ४१ र स्वतन्त्र उम्मेदवार इन्दिरा धौरालीले ३१ मत प्राप्त गरे । यस क्षेत्रमा ३९ हजार नौ सय ३३ मत खसेकामा एक हजार तीन सय ३६ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यस्तै प्रदेशसभा (२) मा गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार इन्द्रबहादुर आङ्बो विजयी भएका छन् । आङ्बोले १५ हजार छ सय ७२ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका अइन्द्रसुन्दर नेम्बाङले १२ हजार छ सय पाँच मत प्राप्त गरे । आङ्बो यसअघि पनि यही क्षेत्रबाट प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । उनी प्रदेश नं १ सरकारको आर्थिक मामिला तथा योजनामन्त्रीसमेत हुन् ।
यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता सगुनसुन्दर लावतीले एक हजार सात सय ६६, जनता समाजवादी पार्टीका एबीराज आङ्देम्बेले एक हजार एक सय ७४, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दीपेन्द्र चेम्जोङले एक हजार एक सय २५, राष्ट्रिय जनमुक्ति पार्टीका सूर्यहाङ तुम्बापोले तीन सय ७३, मङ्गोल नेशनल अर्गनाइजेशनका बलबहादुर बुर्जामगरले दुई सय ६४ र राप्रपा नेपालका चन्द्रमाया बोहोराले एक सय ४८ मत प्राप्त गरे ।
यस क्षेत्रमा ३४ हजार चार सय ६५ मत खसेकामा एक हजार तीन सय ३८ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

kamal jabegu

सुनसरी घटनाको छानबिन ...

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं प ...

प्रतिनिधिसभामा कप्ता ...

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सीमासम्बन्धी प्रध ...

देवानगञ्ज घटनामा मृत ...

विराटनगर । कोशी प्रदेश सरकारले सुनसरीको देवानगञ्जमा भएक ...

डोकामा साग बेच्दै कि ...

ललितपुर महानगरपालिका–१९, इटीटोलस्थित लग ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]