सिन्धुली क्षेत्र २ प्रदेशसभा २ मा माओवादीका गङ्गा विजयी

  • मंसिर ७, २०७९ / नेपाल रेखा
alt

सिन्धुली । सिन्धुली प्रतिनिधिसभा क्षेत्र नम्बर–२ को प्रदेशसभा क्षेत्र नं. (२) मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को गोलाकारभित्रको हंसिया हथौडा चुनाव चिन्ह लिएर चुनावी प्रतिस्पर्धा गरेका गङ्गानारायण श्रेष्ठ विजयी भएका छन् । वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार श्रेष्ठले नेकपा(एमाले)का रामकुमार पौडेललाई तीन हजार दुई सय १२ मतान्तारले पछि पार्दै बागमती प्रदेशसभा सदस्यमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत उपेन्द्रप्रसाद गौतमले जानकारी दिए ।
श्रेष्ठले १३ हजार एक, पौडेलले नौ हजार सात ८९ मत प्राप्त गरेका छन् । मङ्गोल नेशनल अर्गनाइजेशनका तुलसी राईले दुई सय ५१, राष्ट्रिय प्रजातन्त्र पार्टीका टलकबहादुर कार्कीले एक सय ७७, जनसमाजवादी पार्टी नेपालका हेमन्त पुलामीले ७१, नेपाल मजदुर किसान पार्टीका लक्ष्मण ग्वाछाले ३१ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]