मुस्ताङबाट काँग्रेसले खाता खोल्यो २९ बर्षीय योगेश प्रतिनिधिसभामा विजयी

  • मंसिर ५, २०७९ / नेपाल रेखा
alt

काठमाडौं । काठमाडौं । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन् ।
निवर्तमान सांसद नेकपा (एमाले)का केन्द्रीय सदस्य प्रेमप्रसाद तुलाचनलाई नौ सय १४ मतान्तरले पछि पार्दै २९ वर्षीय गौचन प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीले गौचनले तीन हजार नौ सय ९२ र एमालेका तुलाचनले तीन हजार ७८ मत प्राप्त गरेका जानकारी दिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ८७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवीणकुमार शेरचनले १३ मत प्राप्त गरेका छन् ।
आइतबार भएको चुनावमा मुस्ताङमा १० हजार नौ सय ५७ मतदातामध्ये सात हजार दुई सय ३० अर्थात् ६५ दशमलव ९८ प्रतिशत मत खसेको थियो । योगेश सम्भवतः कान्छो प्रतिनिधिसभा सदस्य बन्नेछन् । गौचन मुस्ताङको थासाङ गाउँपालिका–३ लेते कालोपानीका बासिन्दा हुन् । योगेश कांग्रेसका जिल्ला सभापति एवम् पूर्वमन्त्री रोमी गौचन थकालीका छोरा हुन् ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]