भाषि मावि केन्द्रमा धाँधलीको संकेत

  • मंसिर ४, २०७९ / नेपाल रेखा
alt

रामधुनी । सुनसरी जिल्लाको रामधुनी नगरापालिका वडा नम्बर १ स्थित भाषि माविमा सुरक्षाकर्मी र कर्मचारीको मिलेमतोमा धाँधली हुने संकेत स्थानीयले गरेका छन् । स्थानीयका अनुसार यस पटक भाषी मावि मतदान केन्द्रमा धाधली हुने सम्भावना देखिन्छ । राष्ट्रको चौथो अंग मानिने पत्रकारहरुलाई प्रहरीले भित्र पस्नबाट रोकीरहेका छन् । विगतका निर्वाचनहरुमा पत्रकारहरुलाई सम्मानजनक ढंगले प्रवेश गर्न दिइएको र पत्रकारले माग गरेको सूचना दिने गरिएको थियो ।
यस पटक प्रहरीले पत्रकार र अन्य अनुगमन गर्न आएको टोलीलाई गेटबाटै फकाई दिने गरेको छ । भाषी १ निवासी एक स्थानीयले आप्mनो नाम नबताउने सर्तमा भने निर्वाचनमा धाँधली भएको छ छैन, फर्जिमत गिराइएको छ छैन, सम्बन्धित मतदाताले आफैले मत हाल्न पाएका छन् छैनन्, मतदान केन्द्रमा खटिएका कर्मचारीले मतदाताहरुलाई सम्मानजनक व्यवहार गरिएको छ छैन ? दृष्टि विहिन, अपांग, जेष्ठ नागरिक सुत्केरी आदिलाई विशेष सुविधा दिइएको छ छैन । मत संकेत गर्ने स्थल ठिक संग राखिएको छ छैन ? आदि कुराहरुको अनुगमन गर्ने पत्रकारहरु र अन्य सम्बन्धित निकायहरुले हो । उनीहरुलाई प्रहरीले प्रवेश गर्न नै नदिएपछि भित्र के भइरहेको छ आम जनताले कसरी थाहा पाउने ? यस विषयमा सुनसरीका एसपी प्रभुप्रसाद ढकालसंग कुरा गर्दा उनले भने–‘हाम्रा जवानहरुले नजानेर तपाईहरुलाई रोकेका हुनसक्छन्, उनीहरुलाई मैले पत्रकारलाई प्रवेश दिनु भन्ने निर्देशन दिइसकें अब तपाईं जानसक्नु हुन्छ ।’
मंसिर ४ गते विहान ७ बजे देखि देश भरि प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन भइरहेको छ । छिटफुट बाहेक निर्वाचन शान्तिपूर्ण ढंगले भएको छ । इटहरीको वडा नंं. १६ पकली मावि केन्द्र, इटहरी ९ सानो जनता केन्द्र, इटहरी ८ सरस्वती सतन स्कुल केन्द्र, इटहरी ११ भानु प्रावि केन्द्र, इटहरी १० ज्ञानोदय मावि केन्द्र इटहरी १२ शारदा मावि केन्द्र, रामधुनी नगरपालिका वडा नंंं.२ को शिवनगर मावि केन्द्र आदि स्थानहरुमा शान्तिपूर्ण ढंगले इटहरी निर्वाचन संचालन संचालन भइरहेको छ ।

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]