आवधिक निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउँछ–कोइराला

  • मंसिर ४, २०७९ / नेपाल रेखा
alt

विराटनगर । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा मोरङ क्षेत्र नम्बर ६ का लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाले विराटनगर–७ स्थित आदर्श उच्च माविको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
मतदानपछि उनले आवधिक निर्वाचनले लोकतन्त्रलाई बलियो बनाउने सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिए । दण्डहीनताको अन्त्य गर्दै सुशासन र मुलुकको आर्थिक समृद्धि आफ्नो पहिलो प्राथमिकता रहेको उनको भनाइ थियो । आफू निर्वाचित भएर गएपछि दण्डहीनता अन्त्य र सुशासनका पक्षमा संसदमा सधैं आवाज उठाउने चर्चा गरे । “मुलुकमा अहिले दण्डहीनता मौलाउँदै गएको छ । जनताले सुशासनको प्रत्याभूति गर्न छाडेका छन्,” कोइरालाले भने, “दण्डहीनताको अन्त्य गरी सुशासनमात्रै कायम गर्न सकियो भने मुलुकको विकास समृद्धि हुन्छ ।”
यो निर्वाचनले संघीयता र लोकतन्त्रलाई थप बलियो बनाएको उनले बताए। कोइरालाले निर्वाचनपछि नेपाली कांग्रेस देशको सबैभन्दा ठूलो पार्टी बन्ने दाबीसमेत गरे । “यो निर्वाचनबाट कांग्रेस सबैभन्दा ठूलो पार्टी बन्छ,”उनले थपे, “त्यसपछि कांग्रेसकै नेतृत्वमा गठबन्धनको सरकार बन्छ ।” निर्वाचनको परिणामपछि मात्रै को प्रधानमन्त्री बन्ने भन्ने टुंगो लाग्ने कोइरालाले प्रष्ट पारे ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]