‘कत्ल की रात’ मतदाता होशियार !

  • कार्तिक २८, २०७९ / नेपाल रेखा
alt

  • गणेश लम्साल
    संघियता कार्यान्वयनपछि यही ४ मंसिरमा दोस्रो आम निर्वाचन हुदैछ । र अबको एक हप्तापछि निर्वाचन सम्पन्न भएर केहीदिनपछि मतगणनाको परिणाम पनि सार्वजनिक हुन थाल्नेछ । यो निर्वाचननले धेरैको भविष्य बनाउने छ भने धेरैको भविष्यलाई असफल पनि बनाउने छ ।
    आम निर्वाचन केवल कसैलाई जिताउने र हराउने चुनाव मात्र हैन । यो लोकतन्त्रको अद्यावधिक गहना हो । जसले राजनैतिक अधिकारको सुनिश्चितासँगै समग्र नागरिकहरुको उन्नति र सामाजिक न्यायको प्रत्याभूति गराउन बल पुर्याउँछ । अर्थात हामीले अथक संघर्षले निर्माण गरेको नयाँ संबिधान कार्यान्वयन गराउन सहयोग गर्छ । सही नेतृत्व चयन गर्न सक्यौ भने देशमा शुसासन कायम हुन्छ । सकेनौ भने देशफेरि अराजकतातर्फ जाने निश्चित छ । यसैले सही नेतृत्व चयन गर्न नसकेसम्म लोकतन्त्र सृदृढ हुदैन भने अनि आम जनताले चाहेको सेवा प्रवाहदेखी उत्पादन र आर्थिक उन्नतीमा प्रगती पनि बढ्न सक्दैन ।
    लोकतान्त्रिक देशहरुले बसालिसकेका नजिरहरुले भन्छन्, निर्वाचनमा आम नागरिकहरुको सही निर्णयले समग्र प्रणालीलाई नै बलियो बनाउँछ । गलत निर्णय भएमा कुशासन र निरंकुशता हाबी हुन्छ । जसले जनतालाई निरास मात्र बनाउदैन सहियौसम्म अत्याचार र गरिबीको दुश्चक्रमा धकेलिदिन्छ । गलत नेतृत्व चयनले हुनेखानेहरुको नेतृत्व त बलियो बनाउँछ तर सिमान्तकृत गरिब दलित र लैगिक असमानता भोगिरहेको वर्ग समुदायलाई न्याय दिन सक्दैन । यो पनि विश्वव्यापी मान्यता हो लोकतान्त्रिक सरकार गरिबलाई धनी र अधिकार बनाउन चाहन्छ । तर प्रतिगमनकारी सरकार आडम्बरी र मुठ्ठी भरका मालिकहरुलाई मात्र संरक्षण गर्छ । यसैले निर्वाचनका बेला व्यक्तिरुपमा नेता हैन लोकतान्त्रिक प्रणाली रोज्नुपर्छ । प्रतिगमनकारी हैन अग्रगमनकारी नेता रोज्नुपर्छ ।
    आम निर्वााचनको मतदान गर्ने दिन नजिकिएसँगै हामी आम मतदाताले ख्याल गर्नुपर्ने मात्र हैन अति नै चलाख हुनुपर्ने समय हो मौन अवधि । विगतका निर्वाचनहरुबाट हामीले थाह पाइसकेका छौ मौन अवधिमा मतदाताहरुलाई भ्रममा पार्नेहरु अति नै सक्रृय हुन्छन् । जसलाई हामीले ‘कत्ल की रात’ पनि भन्ने गरेका छौं । यो सयमा गलत पार्टी र गत उम्मेदवारहरु आफनो शासनसत्ता बनाइराख्न जसरी पनि जित सुनिश्चित गराउने दाउ खेल्छन् । मतदाताहरुलाई पैसाले किन्ने मात्र गर्दैनन्, अनेकौ तिकडम लाएर आफनो पक्षमा मत हाल्न बाध्य पनि पार्ने गर्छन् । हो हामी आम मतदाताहरुले सचेत हुनुपर्ने यहीनेर हो । यदि हामी नोटको भोटमा बिक्यौ भने पिठोको स्वादमा वल्छिमा मारे माछा परे जस्तै पर्छौ पाँच बर्षसम्म जिउदै मर्न बाध्य हुन्छौ । नोटको लोभमा भोटको दिन टन्न खाएर गलत पार्टी र उम्मेदवारलाई मतदान गर्यौ भने हामीले पाँच बर्ष भोकै बस्नुपर्ने हुन्छ । यसैले सचेत बनौ । क्षणिक विलासितालाई हैन मुक्तिलाई रोजौ ।
    मौन अवधि अर्थात ‘कत्ल की रात’ मा हामी फस्यौं भने गलत नेता र विचौलियाहरुले मात्र फाइदा पाउने छन् । हाम्रो अविवेकले गलत उम्मेदवारहरुले भोट त पाउलान र विचौलिायहरु मलामाल त होलान तर हामी आम नागरिकहरुले आगामी पाँच बर्षसम्म चोट मात्र पाउने छौ ।
    देश केही मुठठीभर पहुँचवाला मानिशहरुको मात्र हैन हामी आम नागरिकहरुको पनि हो । हामी आफनै निर्माण गरेको सबिधानले कसैलाई पहिलो र दोस्रो नागरिक भनेको छैन । सबैलाई सार्वभौम सम्पन्न राष्ट्रको समान अधिकार प्राप्त नागरिक बनाएको छ । यसैले हामीले कसैको लोभ, धाकधम्की र करकापमा पर्नुपर्ने कुनै बाध्य नै छैन । हामी आफनो स्वविवेक प्रयोग गरेर स्वतन्त्र रुपले अग्रगमनकारीहरुलाई निर्भितासाथ मतदान गर्न स्वतन्त्र छौ ।
    हुनसक्छ मौन अवधिमा आफनो जित सुनिश्चित गराउन उम्मेदवारहरुले मतदाताहरुलाई मात्रै भ्रममा पार्न बाध्य पार्दैनन् । लोभिपापी उम्मेदवारहरु पनि भोट बिक्रि गर्न गराउन लागि पर्छन् । त्यस्तालाई हामीले चिन्ने मात्रै हैन उनीहरुको गलत कार्यको पर्दाफास पनि गर्नसक्नुपर्छ । किनभने मत विक्रि गर्नु या गर्न लगाउनु भनेको नागरिक अधिकार कुण्ठित गराउनु मात्र हैन अपराधलाई बढावा दिनु पनि हो । कुशासनको पक्षपोषण गर्नुपनि पनि हो। यति मात्र नभएर भोट विक्रि गर्ने र स्वतन्त्र मताधिकारको अधिकारलाई कुण्ठित पार्ने कार्य समग्र लोकतान्त्रिक प्रणालीका लागि पनि धोका हो । देशका लागि गद्दारी हो ।
    यो पनि मनन गरौं, भोज र मोजमा मात्र भोट हाल्ने नागरिकहरुले कहिल्यै पनि दासताबाट मुक्ति पाउन सक्दैनन् । खासगरि यो कुरा निरपेक्ष गरिबीको दासताबाट मुक्ति पाउन नसकेका आम गरिब, दलित, सिमान्तृत र लैगिक असमानता भोगिरहेका वर्ग समुदायले ख्याल गर्न आवश्यक छ । यसैले ४ मंसिरमा परिवर्तनकारी गठबन्धनबादी पार्टीका उम्मेदवारलाई मतदान गरौ । सत्ताको स्वार्थमा मात्र रमाउन खोज्ने प्रतिगनकारी पार्टीका उम्मेदवारहरुलाई पराजित गरौ । परिवर्तनका लागि क्रान्ति गरेका पार्टीहरुलाई प्रेम गरौ । भनिन्छ, प्रगितमनकारीहरुको तीन खाले अनुहार हुन्छन् । ती हुन, परिर्वतन नरुचाउने जडसुत्रबादी परम्पराबादी हुनु, मै मात्र खाउँ लाउँको आडम्बर बोकेर अनुदारबादी बन्नु अनि निरंकुश शासनको भोकमा हदैसम्म लोभीपापी बन्नु ।
    अन्तमा भोट बेचेर धनी बन्नुभन्दा स्वाभिमानी साधु नागरिक बन्न चेष्टा गरौ । जसले आम नागरिकलाई अधिकार सम्पन्न र देशलाई शुसानमुखी बनाउने छ । यसैले हाम्रो देश हामीले नबनाए कस्ले बनाउने र अहिले नबनाए कहिले बनाउने भन्नेबारे गम्भिर बनौ । यर्थाथ हो आशाबादीहरुले परिवर्तनका लागि बिद्रोह गर्छन् र परम्पराबादीहरुले निरासा मात्र भरिदिन्छन् र सधैलाई दास बनाइराख्न चाहन्छन् । यसापलीको आम निर्वाचनको प्रचारप्रसार लगभग सकिसकेको छ । यसैले ‘कत्ल की रात’ होसियार !

मनकारी विद्यार्थीहरू ...

डि पी ढुंगेल मोरङ । रङ्गेली नगरपालिका–१ स्थित श्र ...

शव व्यवस्थापन गरिँदै ...

भोटेकोशी बाढीपछि खोजी तथा उद्धारका क्रममा भेट ...

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]