सरस्वती र विजयको टोली चाँदबेलाका जनतासंग मत माग्दै

  • कार्तिक २३, २०७९ / नेपाल रेखा
alt

इटहरी । बाम लोकतान्त्रिक गठबन्धनका उमेदवार विजयकुमार गच्छदार र सरस्वती पोखरेल (डाँगी) वुधबार बिहानै चाँदबेला बर्छेवाका जनतासँग मत माग्न पुगेका छन् ।
मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिदै जाँदा मतदातासंगको भेटघाटलाई उनीहरुले तिव्रता दिंदै मत मागेका हुन् ।
सुनसरी प्रतिनिसभा क्षेत्र नम्बर ३ बाट उमेदवारी दोहोर्याएका गच्छदारले यस क्षेत्रका ग्रामिण वस्तीको विकासमा विशेष जोड दिइ सडक विस्तार, पुल, पुलेसा निर्माणमा जोड दिने बताएका छन् । उनी नेपाली कांग्रेसबाट उमेदवार बनेका हुन् ।
त्यसैगरी, प्रदेशसभा क्षेत्र १ मा माओवादी केन्द्रबाट उमेदवार बनेकी सरस्वती पोखरेलले डुबानको समस्याबाट प्रताडित जनतालाई मुक्त दिलाउन विशेष योजना ल्याउने बताउदै मत मागिरहेकी छन् ।
दुबै उमेदवारले सडक, चौर, पाटी, पौवा, खोला, नहर, किनार, स्कूल, कार्यालय खेलमैदान आदि क्षेत्रमा वृक्षरोपण गराई हरियाली र सफा मानव वस्तीको पहल गरिने, बढ्दो प्रदुषण नियन्त्रित गर्ने र वातावरण सफा राख्ने नीति ल्याइनेजस्ता एजेण्डा पनि अघि सारेका छन् ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]