असक्तलाई घरमै स्वास्थ्य सेवा

  • कार्तिक २२, २०७९ / नेपाल रेखा
alt

फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले ज्येष्ठ नागरिक र शारीरिक असक्त (अपाङ्गता भएका व्यक्ति)हरूको घरमै स्वास्थ्य सेवा अभियान थालेको छ । उनीहरूलाई स्वास्थ्य सेवाको पहँुच पु¥याउनका लागि घर–घरमै स्वास्थ्य सेवा अभियानको सुरुआत गरेको हो ।
गाउँपालिकाले प्रत्येक वडामा प्रत्येक महिनाको एक दिन अभियानका रूपमा सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ । ज्येष्ठ नागरिक र शारीरिक असक्त (अपाङ्गता भएका व्यक्ति)घरमै स्वास्थ्य सेवा अभियान सुरुआत गरेको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए । मैवाखोला–४ साँघु ओदकबाट ६८ वर्ष उमेर पूरा गरेको ज्येष्ठ नागरिक र ‘क’ र ‘ख’ वर्गका शारीरिक असक्त भएका व्यक्तिका घर–घरमै पुगेर प्राथमिक स्वास्थ्य परीक्षण र स्वास्थ्य परामर्श सेवा सुरु भएको उनले बताए ।
अभियानअन्तर्गत सेवाग्राहीलाई पालिकाले प्राथमिक औषधिले भरिएको एक–एक थान किट बक्ससमेत उपलब्ध गराएको मैवाखोल गाउँपालिकाका प्रवक्ता चन्द्र तामाङले बताए । स्वास्थ्य परीक्षणमा क्रममा देखिएको स्वास्थ्य समस्याका आधारमा न्यूनतम प्राथमिक औषधिले भरिएको किट बक्स उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।
पालिकाभित्र रहेका ६८ वर्ष उमेर पूरा भएका जेष्ठ नागरिक र ‘क’ र ‘ख’ वर्गका शारीरिक असक्त व्यक्तिको तथ्याङ्क एकीकृत सूची तयार गरेर प्रत्येक महिना चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली घर–घरमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने गाउँपालिकाले जनाएको छ ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]