प्रदेश १ मा १५ हजार ९ सयले गरे गर्भपतन गर्भपतनमा अनुमती बिनाका औषधिको प्रयोग

  • कार्तिक २०, २०७९ / नेपाल रेखा
alt

  • कुमोद अधिकारी
    विराटनगर । प्रदेश नम्बर १ मा एक वर्षमा १५ हजार ९ सय ११ जनाले सुरक्षित गर्भपतन गराएको पाइएको छ ।
    स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८÷०७९ मा प्रदेश १ मा सो संख्यामा महिलाहरूले गर्भपतन गराएको पाइएको हो ।
    सरकारी रिपोर्ट अनुसार ७ वर्ष देखि १९ वर्ष सम्मका किशोरीहरुले बिभिन्न स्वास्थ्य संस्थाबाट गर्भपतनको सेवा लिएको देखिएकोछ । गर्भपतनको सेवा लिनेहरु अधिकांश २० वर्ष भन्दा मुनिका छन् ।
    नेपालमा ५७ प्रतिशत महिलाले असुरक्षित रुपमा गर्भपतन गराइरहेका छन् । सरकारी तथ्यांक अनुसार गर्भपतन गराउनेहरुमध्ये ४३ प्रतिशतले मात्रै सुरक्षित रुपमा गराएको देखिएका छन् । नेपालको ऐन, नियम, कानुन, निर्देशिकाहरूले सुरक्षित गर्भपतनलाई मान्यता दिएको छ । तर, सुरक्षित रुपमा गर्भपतन गराउन पाइन्छ भन्ने जानकारी ४३ प्रतिशत महिलालाई मात्रै छ । ठुलो संख्यामा महिला तथा किशोरीहरु सुचिकृत नभएका फार्मेसी र अन्य स्वाथ्य संस्थामा गएर सेवा दिने गरेका छन् ।
    स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाकी नर्सिङ कम्युनिटी अधिकृत कविता अर्यालले हाल देशमा १५ सय स्वास्थ्य संस्था सुरक्षित गर्भपतनको सेवा दिन सूचिकृत भएको बताइन् । सूचिकृत स्वास्थ्य संस्थाबाट बि.सं २०६० देखि हाल सम्म १४ लाख ६४ हजार १५ जनाले सुरक्षित रुपमा गर्भपतन गराएका छन् । असुरक्षित गर्भपतनको एकिन तथ्यांक भने सुरक्षितकोजस्तो लिन सहज छैन उनले भनिन् ।
    असुरक्षित रुपमा भएको गर्भपतनलाई कसरी घटाउने भन्ने ठुलो चिन्ता अधिकारीहरुले लिएका छन् ।
    दर्ता बिनाको औषधि प्रयोग
    मुख्य समस्याको रुपमा गर्भपतनमा प्रयोग गर्ने औषधि देखिएको छ । खुला सिमाना भएका कारण नेपालमा प्रयोग अनुमती नपाएका कयौं प्रकारका औषधि भित्रने गरेका छन् । नेपालको औषधि व्यवस्था बिभागमा दर्ता नभएका औषधि फार्मेसी र बिभिन्न क्लिनिकबाट लुकाएर बिक्रिवितरण हुदै आएको चिकित्सकहरु बताउँछन् । नेपालमा ५ सयमा पाउने औषधि भारतबाट ५० रुपैयाँमा ल्याएर बिक्रि गरिन्छ । दर्ता बिनाका औषधि माटो बराबरका छन् । यस्ता औषधिको प्रयोगले कयौं महिलाको स्वास्थ्यमा गंभिर समस्या मात्रै नल्याएर अधिक रत्तश्रावका कारण मृत्यु समेत भएको अनुमान चिकित्सक र स्वास्थ्य मन्त्रालयको छ । तर, कुनै अध्ययन नभएकाले एकिन विवरण राज्यले दिन सकेको छैन ।
    जथाभावी बिनादर्ताका औषधि बिक्री गर्ने फार्मेसी वा मेडिकल सञ्चालकलाई औषधि दर्ता ऐन २०३५ अनुसार तीन वर्ष कैद सजाय वा बिगोका आधारमा जरिवानाको व्यवस्था गरेको छ ।
    नेपालमा वि.सं. २०५९ मा गर्भपतन सेवाले कानुनी मान्यता पाएपछि बि.स २०६० साल चैत ५ गतेदेखि औजारको प्रयोगबाट गर्भपतन सेवा सुरु भएको हो । त्यस्तै २०६६ सालदेखि नेपालमा औषधिको प्रयोग गरेर गर्भपतन गराउन सुरु गरियो ।
    तथ्यांक अनुसार नेपालमा प्रत्येक वर्ष हुने करिब १२ लाख गर्भधारणमध्ये झन्डै आधाले अनिच्छित गर्भधारण गर्ने गरेका छन । जसमध्ये करिब दुईतिहाइ महिला मात्र गर्भपतनको सहज पहुँचमा रहेको तथ्यांक छ ।
    असुरक्षित गर्भपतनमा २० वर्ष मुनिका बढी
    देशमा प्रति वर्ष २० वर्ष भन्दा कम उमेरका १ लाख ७ हजार भन्दा बढी किशोरी गर्भवती हुने गरेका छन् । बि.सं २०७६ साल साउनदेखि ०७७ साल असारसम्मको तथ्यांक हेर्दा २० वर्ष भन्दा कम उमेरका १ लाख ७ हजार ७९१ जना किशोरीले गर्भवती भएर पहिलोपटक चिकित्सकसँग परामर्श लिएको देखिएका थिए । १ लाख ७ हजार ७९१ मध्ये दोस्रोपटक स्वास्थ्य परिक्षण गराउँन जादा ३८ हजार ९५ जना घटेका छन् । गर्भवती महिलाले चार पटक स्वास्थ्य जाँच गराउनु पर्छ ।
    चार महिनाको अवधिमा ३८ हजार ९५ जना २० वर्षमुनिका गर्भवती किशोरीहरु सम्पर्कबिहीन भएका छन् । उनीहरुले गर्भपतन गराएको सरकारी अधिकारीहरुको अनुमान छ ।

उखु खेती ...

सुनसरीको गढी गाउँपालिका-३, छिटाहामा किसानले लगाएको उखु ...

झुपडीबाट पक्की घरमा ...

सिरहा । सिरहाको लहान नगरपालिका–२२ जहदी गमहरियास्थ ...

बनिनसक्दै भासिएको ग् ...

मध्यपहाडी लोकमार्ग अन्तर्गत दिक्तेल–चखे ...

वीरगन्ज नाकाबाट १० म ...

वीरगन्ज । वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्षको १० महिन ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]