सरस्वती पोखरेललाई प्रदेशसभा जिताउन गच्छदारको आग्रह

  • कार्तिक १५, २०७९ / नेपाल रेखा
alt

इटहरी । दशैं, तिहार र छैठ सकिए लगत्तै चुनावी सरगर्मी ह्वात्तै बढेको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन २०७९ को चुनावी सरगर्मी ह्वात्तै बढेको हो ।
यसैक्रममा सुनसरीको ३ नम्बर क्षेत्रबाट बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यकालागि उमेदवार बनेका विजयकुमार गच्छदारले प्रदेशसभातर्फ उमेदवार बनेकी सरस्वती पोखरेल डाँगीलाई विजयी गराउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । प्रदेशसभा १ सभाकी निवर्तमान उपसभामुख पोखरेल यही क्षेत्रको प्रदेशसभा १ को उमेदवार बनेकी छन् । उनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट गठबन्धनको उमेदवार बनेकी हुन् । गच्छदार भने नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् यस क्षेत्रबाट निरन्तर चुनाव जित्दै आएका नेता हुन् ।
गठबन्धनले मंगलबार इटहरी १५ मा आयोजना गरेको संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै गच्छदारले भने ‘मलाई भन्दा बढी भोट दिएर सरस्वतीलाई जिताउनु ।’
गठबन्धन दलको तर्फबाट सुनसरी क्षेत्र नम्बर ३ (१) को निर्वाचन परिचालन समिति दीपक ढकालको संयोजकत्वमा गठन भएको छ । ढकालले संयोजकको जिम्मेवारी पाए सँगै ३ (१) मा सबै वडाको प्रतिनिधित्व हुने गरी १६७७ जनाको निर्वाचन परिचालन समिति पनि घोषणा गरेर गठबन्धन जिताउन मैदानमा उत्रिएका छन् । साथै नेकपा –माओवादी केन्द्र)को तर्फबाट सोही पार्टीका प्रदेश १ उपाध्यक्ष शिवकुमार डाँगीले चुनावी अभियानको नेतृत्व गरिरहेका छन् ।
सुनसरी क्षेत्र नम्बर ३ (१) अन्तरगत १७ वटा वडाहरू पर्छन् । जस अन्तरगत इटहरीको ६ ,७, ८, ९, १०, ११, १२, १३, १४ र १५ नम्बर वडा गरी १० वटा वडाहरू पर्छन् भने दुहबीको २, ३, ४, ८ र ९ नम्बर वडा सहित ५ वटा वडाहरू पर्छन् । गढी गाउँपालिकाको १ नम्बर वडा र इनरुवाको ७ नम्बर वडा यो क्षेत्र अन्तरगत पर्छन् ।

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

प्रभावित जिल्लामा तत ...

काठमाडौँ । सरकारले आपत्कालीन व्यवस्थापनका लागि प्रभावित ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]