मंसिरमै नयाँ सरकारः प्रमुख आयुक्त थपलिया

  • कार्तिक ६, २०७९ / नेपाल रेखा
alt

इटहरी । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचन सम्वन्धी सबै काम मंसिरकै २२ गते सम्म सम्पन्न गरी मंसिर महिनामै नयाँ सरकार गठन हुने अवस्थासम्म पुर्याउने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् ।
सुनसरीको इटहरीमा गोरखापत्रले आयोजना गरेको निर्वाचन समाचार लेखन तथा बहुभाषा सन्देश सम्वन्धी अनुशिक्षण कार्यक्रममा प्रमुख अतिथी प्रमुख आयुक्त थपलियाले निर्वाचनको परिणाम मंसिर २२ गते सम्ममा सार्वजनिक गरि सक्ने गरी आयोगले तयारी गरी सकेको बताएका हुन् । उनले निर्वाचनको परिणाम २२ गते सम्म सम्पन्न भई सक्ने र सरकार बनाउनेले मंसिर महिनामै नयाँ सरकार बन्ने बताएका छन् ।
गोरखा पत्र दैनिकका १ नम्बर प्रदेश र मधेश प्रदेशका संवाददाताहरुको लागि आयोजित अनुशिक्षण कार्यक्रममा प्रमुख निर्वाचन आयुत्त थपलिया, प्रा. डा. टंक न्यौपाने बरिष्ठ पत्रकार जगत नेपाल लगायतले सहजिकरण गरेका थिए । गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा, संस्थानका महाप्रवन्धक लालबहादुर ऐरी, प्रधान सम्पादक शिवकुमार भट्टराई , सञ्चालक समिति सदस्य सचिन पोखरेल, चेतन धमला, सुनसरीका प्रमुज जिल्ला अधिकारी इन्द्रदेव यादव लगायतका अतिथीहरुको सहभागिता रहेको थियो ।

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]