बागी उठेकालाई उम्मेद्वारी फिर्ता लिन माओवादी केन्द्र प्रदेश १ को निर्देशन

  • असोज २४, २०७९ / नेपाल रेखा
alt

विराटनगर । नेकपा (माओवादी केन्द्र) प्रदेश १ समितिले गठबन्धनका उम्मेद्वारविरुद्ध स्वतन्त्र उम्मेद्वारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेद्वारी फिर्ता लिन निर्देशन दिएको छ ।
माओवादीका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङ (मिक्सो) ले एक विज्ञप्ती जारी गर्दै यस्तो निर्देशन दिएका हुन् । उनले पार्टी निर्णयविरुद्ध कदम नचाल्न पनि अनुरोध गरेका छन् ।
‘पार्टी र गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेद्वारी दिनुभएको छ भने समयमै उक्त उम्मेद्वारी फिर्ता गर्न र पार्टी निर्णय विरुद्ध कदम नचाल्न अनुरोध गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘साथै गठबन्धनका विपक्षी उम्मेद्वारहरुलाई प्रत्यक्ष, अप्रत्यक्ष सहयोग पुग्ने गतिविधिमा पनि संलग्न भएमा पार्टीले अनुशासनको कारबाही गर्ने व्यवहोरा जानकारी गराउँदछौं ।’
उनले अहिलेको गठबन्धन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान विरुद्धका गतिविधिलाई परास्त गर्न भएको पनि उल्लेख गरेका छन् । ‘नेपाली राजनीतिमा अहिले देखा परिरहेको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानविरुद्धका गतिविधिलाई परास्त गरी, वैज्ञानिक समाजवाद स्थापनार्थ समृद्ध मुलुक निर्माण गरी देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन पुनः बाम र लोकतान्त्रिक शक्तिबीच सहकार्यको आवश्यकता रहेकोले बाम लोकतान्त्रिक गठबन्धन निर्माण गरी हामी निर्वाचनमा होमिएका छौं,’ प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘त्यसैले यहि मंसिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा, प्रदेशसभा निर्वाचनमा मनोनयन दर्ता गर्नुभएका गठबन्धनका उम्मेद्वारहरुलाई विजयी गराउने अभियानमा एक ढिक्का भई सामेल हुन हाम्रो पार्टीका सम्पूर्ण नेता कार्यकर्ता, सदस्य, समर्थक र आम शुभचिन्तकहरुमा अनुरोध गर्दछौं ।’

थिमिमा भैल नाच प्रदर ...

भक्तपुरको मध्यपुर थिमि चपाचोमा आइतबार मध्यरात ...

द्वन्द्वपीडित परिवार ...

इटहरी । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता पारिएका प्रिय ...

उद्धार उडानको प्रतीक ...

रसुवाकाे गोसाईकुण्डबाट फर्किएर अलपत्र अवस्थाम ...

बाढीका पीडितलाई डब्ल ...

काठमाडौँ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले रसुवाक ...

सामुदायिक प्रकाशन प्रा. लि.द्वारा संचालित अनलाइन पत्रिका नेपाल रेखा

इटहरी उप–महानगरपालिका – ६, सुनसरी ।

कम्पनी रजिष्टारको कार्यालय द. नं.: २८३६०/२०६१/०६२

सूचना तथा प्रसारण विभाग दर्ता नं.: ३१९७-२०७८/७९

प्रेस काउन्सिल नेपाल दर्ता नं.: ४७३-०७८/७९

  • सम्पादक: जनक पाण्डे
  • सम्पर्कः
  • फोन नं.: ०२५–५८६६१३
  • लेख/रचना र समाचार पठाउने ठेगाना:
  • Email: [email protected]